गुड न्यूज 24समाचार

हामीलाई कसैले मन पराएको कसरी थाहा पाउने ?

Gobal IME Bank

काठमाडौं । जब हामी कतै साथीभाईहरु सँग भेटघाट हुँदा र कुराकानी गर्दा स्कुल वा कलेज टाइममा म तिमीलाई मन पराउथे भनेर कहिलेकाही हाम्रो कुनै साथीले भन्दा हामीलाई अचम्म लाग्छ । किनभने हामीले त्यतिबेला यो कुरा नोटिस नै गरिरहेको हुँदैनौ र हामी आफैलाई मन पर्ने मान्छे सँग पनि सम्बन्ध अगाडी बढ्दैन र हामी एक अर्का सँग साथिको रुपमा नै सिमित रहन्छौ । यस्तो धेरै व्यक्तिहरु सँग हुन्छ जहाँ दुइ व्यक्ति एकअर्कालाई मन पराउछन् तर संकेत नबुझेर कुरा अगाडी बढ्दैन ।

हामीलाई मन परेको मान्छेले हामीलाई मन पराउछ कि पराउदैन भन्ने कुरा सिधै गएर उनिहरुलाई सोध्दा दुबैको लागि लज्जास्पद हुनसक्छ र दुबैको लागि अप्ठ्यारो पनि हुन्छ । हामीलाई कसैले मन पराउछ कि मन पराउदैन भन्ने कुरा त्यस व्यक्तिको मनोवैज्ञानिक संकेतबाट पत्ता लगाउन सक्छौ । हामीलाई मन पराउने व्यक्तिको ९ संकेतहरुकारे पढ्नुहोस्

१.निकटता
यदि कसैले हामीलाई मन पराउछ भने ती व्यक्ति आफै त्यो व्यक्ति हाम्रो निकट आउने गर्छ । ५० बर्षको रिसर्च अनुसार रिलेसनसिप रिसर्चरहरु भन्छन् यदि कसैले हामीलाई मन पराउँछ भने उ हामीसँग शारीरीक रुपमा नजिक बस्न खोज्छ । यो हाम्रो मानव प्रकृति हो जब हामी कसैलाई मन पराउछौ अचेत रुपमा हामी उनिहरुको नजिक भई राखेको हुन्छौ । हामीलाई मन पर्ने व्यक्ति सँग जति हाम्रो दुरी कम हुन्छ त्यति नै हामीलाई राम्रो लाग्छ । यदि तपाईलाई कसैले छुन बाहाना खोजिरहेको हुन्छ वा मजाक मजाकमा हाँस्दै कसैले तपाईलाई छोइरहेको छ, तपाईलाई छुने बहाना खोजिरहेको हुन्छ वा कुनै पनि तरिकाबाट तपाईको नजिक आउन खोज्छ भने यो त्यस व्यक्तिले तपाईलाई मन पराउछ भन्ने संकेत हो ।

२. कुराकानी गर्न खोज्नु
हामीले पक्कै पनि नोटिस गरेका छौ होला जब हामी कसै सँग कुराकानी गरीरहेको छौ भने टपिक सक्किएपछि बिच बिचमा हामी मौन हुन्छौ र यतिबेला हाम्रो मस्तिष्कमा आफै कुराकानी अगाडी बढाउने आइडिया आइ रहेको हुन्छ । जर्नल अफ नन भर्बल बिहेभियरमा प्रकाशित भएको एउटा रिसर्च अनुसार यदि हामीलाइ कसैले मन पराउछ भने त्यो व्यक्ति हामीसँग कुरा गरिराख्न खोज्छ र कुराकानी कहिले नसकियोस भन्ने सोचि राख्छ । हामी सँग कुराकानी नसकियोस् भनेर उनिहरु हामीलाई विभिन्न प्रश्न सोधिरहेको हुन्छन् र हाम्रो दृष्टिकोणबारे जान्न चाहि रहेको हुन्छन् ।

३. डुसेन स्माइल
क्रेभिस प्रोफेसर अफ लिडरसिप एण्ड साइकोलोजि रोनाल्ड इ रिग्गियोले एउटा आर्टिकलमा लेख्नु भएको छ कि जब कोही हामी प्रति आकर्षित हुन्छ त्यो व्यक्ति हामी सँग आखा जुधाएर हास्ने गर्छ । हाँसो धेरै प्रकारको हुन्छन् तर अन्जान व्यक्तिसँग हाँस्दा र हामीलाई मन परेको व्यक्ति सँग हाँस्दा हाम्रो हाँसो फरक हुन्छ । साधारणतया हामी औपचारिकताको लागि कसै सँग हाँस्दा नन डुसेन स्माइल गरिरहेको हुन्छौ । नन डुसेन स्माइल भन्नाले हामी कसै सँग हाँस्दा थोरै मात्र आफ्नो ओठको कुनाहरु थोरै मात्र उठाउछौ तर हाम्रो आँखा हाँसेको हुदैन । तर यदि हामी आफुलाई मन पर्ने व्यक्तिहरुलाई हरेर हाँसीरहेको बेलामा हाम्रो आखाँ पनि हाँसिरहेको हुन्छ जसलाई डुसेन स्माइल भनिन्छ । यदि कसैले हामीलाई मन पराउछ भने त्यो व्यक्ति हामीलाई हेरेर प्राकृतिक रुपमा हाँसिरहेको हुन्छ र उनीहरुको आँखा पनि हाँसी रहेको हुन्छ ।

४. शरीरको मुद्रा
बेटर हेल्पमा प्रकाशित गरेको आर्टिकल अनुसार यदि हामी कसैलाई मन पराउछौ भने हाम्रो शरीर त्यो व्यक्ति भएको ठाँउ तर्फ फर्किरहेको हुन्छ । यदि हामीलाई कसैले मन पराउछ भने हाम्रो मन र मस्तिष्कबाट मात्रै नभइ उनिहरुको बडी ल्याङ्ग्वोज पनि हामी तिर फर्कि रहेको हुन्छ । थेरेपिस्ट र रिलेसनसिप एक्सपर्ट मार्गरेट स्टोन बताउनु हुन्छ जब कोहि हामीलाई मन पराउछ उनिहरुको छाति पुरै वा हल्का रुपमा हामी तिर पोइन्टेड हुन्छ । यस्तो अरु पनि धेरै रिसर्चहरु गरिएको छ र प्रमाणित भएको छ कि हाम्रो शरीरको भागहरुले पनि हामी कसै सँग कुराकानी गरिरहँदा भाग लिइ रहेको हुन्छ । यदि कोही कुराकानीको क्रममा हामी तिर फर्किरहेको छ भने उनीहरु हामी प्रति आकर्षित छन् भन्ने कुरा हामी बुझ्न सक्छौ ।

५. नर्भसनेस्
अड्याप्टिभ ह्युमन बिहेभियर एण्ड फिजियोलोजिमा प्रकाशित भएको २०१८ को एउटा रिसर्च अनुसार एन्जाइटि र आकर्षणको भावना बिच बलियो लिङ्क हुन्छ , यहि कारणले गर्दा हामी आफुलाई मन पर्ने व्यक्तिको अगाडी नर्भस हुन्छौ वा ब्लस गर्न थाल्छौ । ब्लसिङ नर्भसनेसको संकेत हो । वैज्ञानिक रुपमा भन्दा जब हाम्रो इमोस्नल ट्रिगर अचानक सक्रिय हुन्छ हाम्रो शरीरमा एड्रनालाइन नामको हार्मोन रिलिज हुन्छ र यो हार्मोनले नर्भस सिस्टमलाई ट्रिक गर्छ र हाम्रो अनुहारमा रक्त प्रवाह गर्छ जसको कारण हामी ब्लस गर्छौ । यदि कुनै व्यक्ति हाम्रो अगाडी हुँदा ब्लस गर्न थाल्छ वा बोल्दा हडबडिन्छ भने बुझ्नुस कि त्यो व्यक्तिको शरीरमा तपाईको कारणले गर्दा कुनै किसिमको केमिकल रियाक्सन भई रहेको छ यानि तपाईको कारण उसलाई एक साथ धेरै इमोसन ट्रिगर भइ रहेको छ भने यो त्यस व्यक्तिले तपाईलाई मन पराउछ भन्ने सकारात्मक संकेत हो ।

६. जिज्ञासु
हामीलाई मन पराउने व्यक्ति हाम्रो बारेमा जिज्ञासु हुन्छन् । जब हामी कोही व्यक्ति प्रति आर्कषित हुन्छौ हामीलाई उनिहरुको बारेमा धेरै कुराहरु जान्ने रुचि हुन्छ ताकि हामी उनिहरुलाई राम्रो सँग बुझ्न सकौ । यदि कोही हाम्रो बारेमा धेरै जान्न चाहान्छ, हाम्रो साथिहरु सँग हाम्रो बारेमा सोध्छन् र हाम्रो बारेमा जानकारी जम्मा गर्छन भने यो संकेत हो कि उनिहरु हामीलाई मन पराउछन् ।

७. तारिफ
जो व्यक्ति हामीलाई मन पराउछन् र आफ्नो भावना लुकाउछन् उनिहरु कुरै कुरामा हाम्रो तारिफ गरिरहेका हुन्छन् । हाम्रो हरेक सानो तिनो कुराहरु जुन हामीलाई नर्मल लागिरहेको हुन्छ त्यो पनि उनिहरुलाई मन परिरहेको हुन्छ । जस्तै उनिहरुलाई हाम्रो कपाल राम्रो लाग्छ वा बेला बेलामा हामीले लगाएको कपडा राम्रो छ भनेर तारिफ गरिरहेको हुन्छन् । यदि कोहि हाम्रो एकदम धेरै तारिफ गरिरहेको हुन्छन् वा हामीलाई मन पर्ने काम उनिहरु गरिरहेका छन् भने उनिहरुले हामीलाई मन पराउछन् भन्ने कुरा बुझ्नुपर्छ ।

८. सानो सानो कुराहरु याद भई रहेको हुन्छ
हाम्रो मस्तिष्कले हामीले केयर गर्ने कुरा मात्र याद गरिराख्छ । जब कसैलाई हामी मन पर्छ उनिहरुको लागि हामी महत्वपुर्ण हुन्छौ त्यसैले उनिहरुलाई हाम्रो बारेमा हरेक सानो सानो कुराहरु पनि याद भई रहेको हुन्छ । जब हामी हाम्रो बारेमा र हाम्रो पास्टको बारेमा कुरा गरिरहेको हुन्छौ उनीहरु हाम्रो कुरा ध्यान दिएर सुनिरहेका हुन्छन् । यदि कसैलाई हाम्रो बारेमा सबै र हरेक कुरा याद हुन्छ भने बुझ्नु होस त्यो व्यक्तिले हामीलाई मन पराउछ ।

९. समय
जब हामी कसैलाई समय दिइ रहेको छौ भने हामी उनीहरुलाई हाम्रो जिवनको सानो हिस्सा दिरहेको हुन्छौ जुन हामीले फिर्ता पाउँदैनौ र हामी यस्तो तब गर्छौ जब हाम्रो लागि त्यो व्यक्ति महत्वपुर्ण हुन्छ । हामी कसै सँग भेट्ने प्लान बनाउँछौ र पछि कुनै कारणले गर्दा प्लान क्यान्सिल गर्छौ तर पनि उनीहरु हामी सँग भेट्न कुरी राख्छन् र नयाँ प्लान बनाउछन् भने त्यो व्यक्तिलाई हामी मन पर्छ भन्ने कुरा हामी बुझ्न सक्छौ । हामीले भनेको बेलामा हाम्रो लागि सधै समय निकाल्छन् भने त्यो व्यक्तिले हामीलाई मन पराउँछ र हामी उसको लागि महत्वपुर्ण मान्छे हौँ भनेर हामीले बुझ्न सक्छौ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button