गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

जाडो मौसममा ड्राई स्किन को केयर कसरी गर्ने ? घरेलू उपायहरु जान्नुहोस्

Gobal IME Bank

काठमाडौं । जाडो मौसम सुरु भएसगै हाम्रो शरीर र अनुहारको छाला सुख्खा हुन सुरु हुन्छ । छाला सुख्खा हुनु भनेको नै जाडो महिना अथवा चिसो मौसमको सुरुवातको सूचक हो ।

यसरी मौसम परिवर्तन हुने बित्तिकै हाम्रो छाला सुख्खा रुखो हुन थाल्छ । विशेषगरी जाडो महिनामा हाम्रो छालाको हेरचाह गर्न ज्यादै नै आवश्यक हुन्छ । हामीले स्कीनकेयर रुटिन राम्ररी फलो नगरेमा छाला चिलाउने, फुट्ने, जलन हुने र रातोपन हुनेजस्ता धेरै समस्या आउन सक्छ । यसरी आफ्नो छालालाई स्वस्थ र नरम बनाउनका लागि हामीले विभिन्न प्रभावकारी घरेलु उपचारको प्रयोग गर्न सक्छौँ । के-के रैछन् त यस्ता घरेलु उपचारहरु ? जानी राखौँ ।

१) बडी मिस्टको प्रयोग

बडी मिस्ट सुख्खा र रुखो छालाको लागि एक द्रुत उपचार हो । यसले तपाईको छालालाई दिनभर हाइड्रेटेड राख्न सहयोग गर्छ । छालामा केवल पानी मात्र स्प्रे गर्दा पनि स्कीन डिहाइड्रेटेड हुन्छ । यसरी बडी मिस्ट बनाउँदा त्यसमा मोइस्चराइजिंग ऐजन्टको मात्रा पनि राख्नुपर्छ । हिबिस्कस र गुलाब जल मिसाएर बनाएको फेस स्प्रे प्रयोग गर्नु लाभदायक मानिन्छ । यो संवेदनशील र अत्यधिक सुख्खा छाला हुनेका लागि निकै राम्रो हुन्छ । यसका लागि चार देखि पाँचवटा हिबिस्कसको फूललाई एक गिलास पानी सगं मिसाएर लगभग दस मिनेटका लागि उमाल्ने र चिसो पारी त्यसको रस निचोरेर निकाल्ने । यसपछि त्यो रसमा एक चियाचम्चा गुलाब जल मिसाउने । यसरी तयार गरिएको यो रसलाई एउटा स्प्रे बोटलमा राखी चाहिएको बेलामा अथवा छाला सुख्खा लाग्दा प्रयोग गर्न सकिन्छ ।

२) तुलसी र महको प्रयोग

तुलसी पनि हाम्रो छालालाई धेरै नै लाभदायक मानिन्छ । यसमा धेरै मात्रामा भिटामिन र इलेक्ट्रोलाइट्सका साथै मिनरल्स र पाइथो न्युट्रियन्टस पाइन्छ । तुलसीमा भाइटल ओइल हुन्छ जसले छालालाई पोषण दिनुका साथै मोइस्टराइज पनि गर्छ । महमा पनि एन्टी इन्फ्ल्यामेटरी, हाइड्रेटेडटिङ र थेराप्युटिक प्रोप्रटिजहरु हुन्छ जसले छालाको सुख्खापनलाई कम गर्छ । यसका लागि तुलसीको पातलाई मिक्स्चरमा थोरै पानी हालेर ग्राइन्ड गरेर पेस्ट बनाई त्यसमा मह मिसाएर यो पेस्टलाई छालामा पन्ध्र मिनेट जति राखेर मनतातो पानीले पखाल्ने । यो पनि छालाको लागि निकै लाभदायक मानिन्छ ।

३) दुधको तर/मलाइ र मसुरोको दालको फेस प्याकको प्रयोग

हाम्रो अनुहारको छाला शरीरको छाला भन्दा पातलो र संवेदनशील हुन्छ त्यसैले यसको बढी हेरचाह गर्नुपर्छ । हरेक दिन हाम्रो अनुहारको छालालाई मोइस्चराइज गर्नु ज्यादै महत्वपूर्ण हुन्छ र विशेषगरी जाडो महिनामा झन आवश्यक हुन्छ । यो फेस प्याक एकदमै सुख्खा छाला हुनेहरुका लागि राम्रो हुन्छ । गाउँघरमा पहिले देखि नै दुधको तरको प्रयोग यसरी मोइस्चराइजरको रुपमा हुन्थ्यो । त्यसैगरी मसुरोको दालले छालाको स्वास्थ्य सुधार गर्दछ र मृत छाला कोशिकाहरू बिस्तारै एक्सफोलिएट गर्दछ । यसका लागि एक चियाचम्चा तरसगं आधी चम्चा मसुरोको दालको धूलो मिसाएर पेस्ट बनाउने र यो बाक्लो पेस्टलाई अनुहारभरि लगाएर पन्ध्र मिनेटपछि मुख धुने । यसो गर्नाले तपाईको छाला नरम हुनेछ । तरलाई सिधै ओठमा लगाएमा पनि सुख्खा हुनबाट बचाउँछ ।

४) जोजोबा तेलको प्रयोग

जोजोबा तेल सुख्खा र कम्बिनेसन प्रकारको छालाको लागि फाइदाजनक छ । जोजोबा तेलले तपाईको छालाको प्राकृतिक तेललाई ब्यालेन्समा ल्याउन सहयोग गर्छ । यो एन्टी इन्फ्ल्यामेटरी र एन्टीमाइक्रोबियल हुन्छ । नुहाईसकेपछि यो तेललाई जीउमा लगाएमा यसले छालालाई नरम र सुन्दर बनाउँछ र त्यसैगरी छाला चिलाउने, फुट्ने, जलन हुने र रातोपन हुन पनि कम गर्छ । जोजोबा तेल बाहेक बदामको तेल, नरिवलको तेल पनि छालाको लागि राम्रो मानिन्छ ।

५) जाडोमा नुहाउन लामो समय नलगाउने

जाडो महिनामा हामीलाई तातो पानीले निकै बेर नुहाउन मन लाग्छ । तर यस्तो तातो पानीले तपाईको छालाको प्राकृतिक तेललाई घटाउँछ र छालालाई सुख्खा र रुखो बनाउँछ । त्यसैले हामीले सकेसम्म मनतातो पानीले नुहाउनुपर्छ । धेरै कडा खालका साबुनको पनि प्रयोग गर्नुहुँदैन किनभने यसले पनि छालालाई थप रुखो बनाउँछ । ग्लिसरीन बेस्ड साबुनको प्रयोग गर्नु छालाको लागि राम्रो हुन्छ ।

६) सही मात्रामा पानी पिउने

जाडो महिनामा हामीलाई धेरै पानी पिउन मन लाग्दैन र हामी चाहिने मात्रामा पानी पिउँदैनौ । यसको कारण पनि छाला सुख्खा र रुखो हुन्छ । त्यसैले दिनमा कम्ती पनि आठ गिलास पानी पिउनुपर्छ ।

यसरी यस्ता विभिन्न टिप्सहरु प्रयोग गरेर हामीले हाम्रो छालालाई स्वस्थ, नरम र सुन्दर बनाउन सक्छौँ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button