मुख्य समाचारसमाचार

प्रतिनिधि सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित

Gobal IME Bank

नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख हुनु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनु भएको हो ।

काँग्रेसको तर्फबाट उम्मेदवार रहनु भएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गर्नु भएको थियो । हाल बहाल रहेको २६८ मध्य बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो । नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद हुनु भएको थियो । एमाले स्थायी कमिटीका सदस्य समेत रहनु भएका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button