गुड न्यूज 24समाचार

20’s युवाहरुको लागि ईन्भेस्टमेन्ट एड्भाइस

Gobal IME Bank

काठमाडौं । टिनेज र ट्वेन्टिजको उमेर भनेको कम जिम्मेवारी र प्रेसर हुने उमेर हो । यहि उमेरमा हामीमा संसार जित्ने जोस र जांगर हुन्छ यसकारण हामी जोखिम पनि लिन सक्छौ । यो उमेरलाइ’ Golden period of life ‘ पनि भनिन्छ यति बेला सहि दिशामा लाग्दा हाम्रो भविष्यको लागि धेरै फाइदाजनक हुन्छ यो उमेरको बेलामा गरेको ईन्भेस्टमेन्टले पछि सम्म हामीलाई लाभ मिल्छ हाम्रो भविष्य राम्रो र स्थिर हुन्छ ।

पहिलो स्टेप ट्वेन्टिजको युवाहरुको लागि बचत हो । नेपालिमा ‘पैसाले पैसा तान्छ’ भन्ने उखान नै छ । बचत भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा खुत्रके वा पिगि बैंक आउछ । ट्वेन्टिजको उमेरमा खर्च कम हुने कारण यो समयमा बचत धेरै गर्न सकिन्छ । सानो देखि पिगि बैंकमा जम्मा गरेको पैसा, आमाबुवाले पकेट मनी भनेर दिएको पैसा, दशैमा टिका लगाएर पाएको पैसा, यदि आफुले काम गर्ने भए आफ्नो तलबको २५ प्रतिशत जम्मा गर्ने बानी बसाल्ने यदि घरको जिम्मेवारी छैन भने ८० प्रतिशत पैसा तलबबाट जम्मा गर्ने बानी बसाल्ने ।

युवा अवस्थामा जति बचत गर्न सकिन्छ त्यति हामी वयस्क अवस्थामा पुगे पछि गर्न सकिदैन किनभने त्यतिबेला हाम्रो जिम्मेवारी र खर्च बढ्छ । यो उमेरको बेला सरल तरिकाको जीवन बाँच्ने बानि बसाल्ने अतिआवश्यक कुरामा मात्र खर्च गर्ने बानी बसाल्ने धरै युवाहरुमा सोअफ गर्ने बानि हुन्छ यो बानिले पछि सम्म नै आफैलाई हानि पुर्याउछ । सोअफ गर्ने बानी हटाउँदा अनावश्यक खर्च कम हुन्छ र बचत धेरै हुन्छ । यो उमेरमा EMI र लोनहरुबाट टाढा बस्ने आफुलाइ अति आवश्यक नभए सम्म लोन नलिने यदि एडुकेसन लोन लिनै परे पनि सकेसम्म आमाबुवाको नाममा नलिने ।

दास्रो स्टेप हो इन्स्योरेन्स आफ्नो जीवन र स्वास्थ्य बिमा गर्ने । धेरै जनाले यो कुरालाई इग्नोर गरिरहेको हुन्छौ तर यो अतिआवश्यक कुरा हो । हाम्रो सबैभन्दा धेरै खर्च हामी बिरामी पर्दा वा दुर्घट्नामा पर्न सक्छौ हाम्रो जीवनमा अनिश्चित घट्नाहरु घट्न सक्छ र त्यतिबेला पैसा छैन भने हामीले जहाँबाट पनि पैसाको व्यवस्था गरेर उपचार गर्छौ र पछि त्यहि पैसा तिर्दैमा हाम्रो समय जान्छ त्यसकारण बिमा गरिरहँदा हामी आफैको लागि लाभदायि हुन्छ । बिमा गर्दा सबै भन्दा मुख्य जिवन र स्वास्थ्य बिमा गर्ने ।

आजकल विभिन्न बैंकहरुले बचत खाता खोल्दा बिमा गर्ने फ्यासिलिटि दिने गरेको छ र बिमा गर्दा आफ्नो स्यालरी अनुसारको टर्म प्लान लिन सकिन्छ । जीवन बिमा गर्दा वार्षिक स्यालरीको १५ देखि २० गुणा लिने । वर्ष भरिमा एक लाख कमाउनु हुन्छ भने १५ देखि २० लाखको कभरेज लिन सकिन्छ र स्वास्थ्य बिमामा १ देखि ५ लाखको कभरेज लिन सकिन्छ । हाम्रो भविष्य अनिश्चित हुन्छ त्यसैले यदि केहि परि आएमा हाम्रो इन्कमले खर्च धान्न नसके पनि बिमाले धानिदिन्छ र हाम्रो फाइन्यान्सियल कहिले पनि बिग्रिदैन ।

तेस्रो स्टेप हो बजेटिङ र इन्भेस्टिङ हो । आफ्नो मुल पुंजी कहाँ र कसरी खर्च र इन्भेस्ट गर्ने भन्ने प्लान बनाउने । महिनाको सुरुवातमा बजेटिङ गर्ने र महिनाको अन्त्यमा कति र कहाँ खर्च गरे भनेर पनि ट्राकिङ गर्ने आफ्नो नोट प्याड एप वा नोटबुकमा आफ्नो खर्च कहाँ भएको लेख्ने बानी बसाल्ने । यसो गर्दा कहाँ बढि खर्च भइरेको छ भन्ने कुरा थाहा हुन्छ कहाँ टाइट गर्न सकिन्छ र कहाँ जोगाउन सकिन्छ भन्ने कुरा थाहा हुन्छ ।

ट्वेन्टिजको उमेर इन्भेस्ट गर्नको लागि एकदमै राम्रो पिरियड हो । २० वर्षको उमेर देखि इन्भेस्टमेन्ट गर्दा भविस्यमा हाम्रो लागि फाइदाजनक हुन्छ । इन्कम राम्रो हुन थाले पछि आफ्नो इन्कमलाई इन्भेस्ट गरेपछि मात्र अरु कुराहरुमा खर्च गर्ने बानि बसाल्दै जाने । नेपालमा एकदमै लिमिटेड अप्सन छन् ईन्भेस्ट गर्नको लागि र ट्वेन्टिजको मान्छेहरु सँग धेरै पुँजी पनि हुँदैन । ईन्भेस्टमेन्ट गर्नु भन्दा अगाडी एमर्जेन्सी फडं छुटाउने यसरी फडं नछुटाउदा हामी आपत बिपत पर्दा हामी इन्भेस्ट गरेको पैसाको प्रयोग गरिदिन्छौ र हाम्रो फाइन्यान्सियल डिसिप्लेन नै बिग्रिन्छ ।

त्यसैले एमर्जेन्सी फडं छुटाउर इन्भेस्टमेन्ट गर्ने । कुनै पनि राम्रो परफर्म गरिरहेको म्युचल फडंको म्यानेजरलाई हेरेर SIP अकाउन्ट खोल्ने । सेयर मार्केटको बारेमा केही जानकारी नभए पनि आइपियो भर्ने र आफ्नो DMAT अकाउन्ट, मेरो सेयर अकाउन्ट, ब्रोकर अकाउन्ट खोल्ने र सेयरको बारेमा जानकारी छ वा घर परिवारमा सेयरबारे छलफल हुन्छ भने सेयरमा लगानि गर्ने । आफ्नो करियर प्लानिङमा दुई देखि तिन ठाँउमा लगानि गर्ने र आफ्नो साथिहरुको स्टार्टअपमा पनि लगानी गर्न सकिन्छ ।

विदेशमा भएको युवाहरुले क्रिप्टो करेन्सिमा इन्भेस्ट गर्ने तर नेपालमा क्रिप्टोकरेन्सि अवैध भएको करण नेपालमा भएको व्यत्तिहरुले भने यसमा इन्भेस्ट नगर्ने । सबै भन्दा महत्वपुर्ण आफुमा इन्भेस्ट गर्ने आफुलाई कुनै कोर्सहरु गर्न मन छ भने कोर्सहरु लिने आफ्नो सिक्ल बढाउनको लागि इन्भेस्ट गर्ने । नेपालमा नै बसेर विदेशको कोर्ष गर्न सकिन्छ हाम्रो प्यानकार्ड लिएर बैंक अकाउन्टमा जान सकिन्छ यसरी बैंक अकाउन्टमा जाँदा एक जना मान्छेले वर्षमा ५०० डलरको अकाउन्ट खोल्न मिल्छ र त्यो कार्डको मद्दतले हामी विदेशी कोर्सहरु लिन सक्छौ डलरमा पेमेन्ट गरेर ५ डलर नेटफ्लिक्सको साटो कोर्समा खर्च गर्दा हाम्रो लागि फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button