समाचार

युट्युब, फेसबुक, नेटफ्लिक्सले साउनदेखि कर तिर्नुपर्ने -Good News 24

Gobal IME Bank

२९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि विद्युतीय सेवा कर लगाउने भएको छ । सरकारले नेपालमा उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारको मूल्यमा विद्युतीय सेवा कर असुल गर्ने नीति लिएको छ । यसै अनुसार कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ बनाएको छ । जस अनुसार अब सबै बाह्य बिद्युतीय डिजिटल प्रसारण गर्दा सरकारलाई कर तिर्नु पर्ने हुन्छ ।
कार्यविधि अनुसार विद्युतीय सेवा कर १ साउन २०७९ देखि कार्यान्वयनमा आउँदैछ । नेपालमा पहिलो पटक सरकारले विद्युतीय सेवा कर कार्यान्वयनमा ल्याउन लागेको हो । जसमा नेपालमा चल्दै आएका सम्पूर्ण फेसबुक, युट्युब, नेट्फ्लिक्स, हटस्टार, ट्वीटर, गुगल, अनलाइन व्यापारका सबैले कर तिर्नु पर्ने हुन्छ । यसले सबैलाई करको दायरामा समेट्ने आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले बताउनु भएको छ ।
विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओटीटी, क्लाउड सेवा, गेमिङ, मोवाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्वीरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिकालगायत सेवाहरुलाई करको दायरामा राखिको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button