अन्यसमाचारसूचना प्रविधि

जागिर छोडेर पुरा गाँउले नै भिडियाे बनाउछन्- युट्युबरकाे गाँउ

Gobal IME Bank


काठमाडौं । इन्टरनेट र सोसियल मिडिया अहिले हरेक मानिसको दैनिक जिवनको हिस्सा बनिसकेको छ । फुर्सदको समयमा जो पनि आफ्नो समय मोबाइलमा विभिन्न सोसल मिडिया एपहरु जस्तै: युट्युब, टिकटक र इन्सटाग्रामहरु चलाएर बिताउछन् । यि सोसल मिडियाहरुमा धेरै व्यक्तिहरुले आफ्नो करियर नै बनाईसकेका छन् । युट्युब सुचना आदान प्रदान गर्ने , कलात्मक कुराहरु प्रदर्शन गर्ने र सिक्ने प्लेटफर्मको रुपमा प्रयोग हुँदै आइरहेको छ । संसार भरीको व्यक्तिहरुले प्रयोग गर्ने युट्युबको कारण अहिले भारतको राईपुर जिल्लाको छत्तिसगढमा रहेको तुल्सी गाँउ निकै चर्चामा आइरहेको छ । यो गाँउ अहिले मानिसहरुमा युट्युबर भिलेजको नामले निकै प्रसिद्ध भईरहेको छ । यस गाँउमा करिब ३ हजार पाँच सय व्यक्तिहरुको बसोबास रहेको छ र ४० भन्दा बढि युट्युब च्यानलहरु यहाँको स्थानियले खोलेका छन् । उनिहरु आफ्नो युट्युब च्यानलमा शैक्षिक र मनोरंजनात्मक सामग्रीहरु पोष्ट गर्छन ।

युट्युब भिडियो बनाउने सुरुवात गाँउका दुई युवाबाट भएको थियो । एस बि आइमा काम गर्ने इन्जिनियर ग्यानेन्द्र शुक्ला र (एम् एस सी) साईन्समा मास्टर गरि पार्ट टाइम युट्युबरको काम गरिरहेका जय वर्माले आफ्नो काम छोडेर युट्युब च्यानलमा आफ्नो करियर सुरु गरेका थिए पछि उनिहरुको सफलता देखेर गाँउका प्राय व्यक्तिहरुले उनिहरु कै बाटो पछ्याएका हुन् । ग्यानेन्द्र शुक्ला बताउछन् “ म एस बि आइमा नेटवर्क इन्जिनियरको रुपमा काम गर्थे मेरो अफिसमा हाइ स्पिड इन्टरनेट थियो म अफिसमा बसेर युट्युब हेर्ने गर्थे र मलाई पहिले देखि नै फिल्म मन पथ्र्यो । २०११ – १२ मा युट्युबको नयाँ भर्जन सुरु भएको थियो र त्यस समयमा निकै कम युट्युब च्यानलहरु थिए र म ९ – ५ को काम देखि सन्तुष्ट थिइन त्यसैले मैले आफ्नो जागिर छोडी युट्युब करियर सुरु गरेको थिए । अहिले मेरो युट्युबमा २५० भिडियोहरु छन् भने मेरो युट्युबमा १.१५ लाख सब्सक्राईबर छन् । ” ए एन आइ द्धारा उद्धृत
सुरुमा शुक्ला र बर्मालाई भिडियो बनाउने बेला अप्ठेरो र हिचकिचाहट महसुस भएको थियो र पब्लिक एक्ट गर्न गाह्रो भएको थियो तर जब गाँउका बुढापाकाहरुले रामलिलाको नाटक गर्ने सल्लाह दिए तब उनिहरुमा भएको स्टेजको डर हराएको थियो ।

करिब ३ हजार पाँच सय मानिसहरुको बसोबास रहेको यस गाँउमा ४० प्रतिशत व्यक्तिहरु युट्युबसँग जोडिएका छन् । अहिले तुल्सी गाँउको हरेक घरमा एउटा युट्युबर भेटिन्छ । गाँउका मानिसहरुले युट्युबबाट नै कमाईरहेका छन् उनिहरु भन्छन् पहिले ९–५ को काम गर्दा १२ हजार देखि १५ हजार सम्म तलब हुन्थ्यो भने अहिले उनिहरुको युट्युबबाट नै ३० हजार देखि ३५ हजार महिनामा कमाई हुन्छ ।
गाँउकी अर्की युट्युबर पिंकि साहु भन्छिन् युट्युब महिलाहरुको लागि सशक्तिकरण गर्ने स्रोत पनि बनेको छ । गाँउमा साधारणतया महिलाहरुलाई घरबाट बाहिर निस्किन पनि अनुमति हुदैन तर युट्युब च्यानलको मद्दतले गर्दा महिलाहरुले के के गर्न सक्छन् भन्ने कुराको जानकारी उनिहरुले पाएका छन् । ग्रामिण क्षेत्रमा यस प्रकारको सकारात्मक परिवर्तनहरु आउनु निकै नै प्रेणदायक कुरा हो ।

यो पनि पढ्नुहोस् ….

बिग्रिएको सम्बन्ध सुधार गर्ने टिप्सहरू पढ्नुहोस्

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button