मुख्य समाचारसमाचार

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु, कस्तो छ आचारसंहिता ?

Gobal IME Bank

काठमाडौं । प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरिएको जनाएको छ । सरकारी तलब भत्ता खाने व्यक्तिले कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नपाइने भन्दै आज निर्वाचन आयोगले एक विज्ञप्ति जारी गरेको हो ।

अनुगमनका क्रममा कतिपय कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीहरुको शेयर र लाइक गरेको पाइएकाले अब उसो आयोगले उनीहरुमाथि आवश्यक कारबाही थालेको आयोगले जनाएको छ ।

‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ । उक्त व्यवस्था उलङ्घनकर्तालाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको अवगत गराइन्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button