समाचार

१ रुपैयाँ डाउनपेमेन्टमा होण्डाको मोटरसाइकल-Goodnews24

Gobal IME Bank

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी एक आकर्षक अफर सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीले “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा” नामक योजना ल्याएको छ । कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ । मंगलबारदेखि लागू भएको यस योजना अवधिभर ग्राहकहरुले होण्डाको कुनै पनि मोटरसाइकल वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्राय्च कुपन मार्फत रु. १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् .

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button