अन्यविचारसमाचार

महारानी ऐलिजावेथको बारेमा अचम्म लाग्दो जानकारी पढ्नुहोस्- Good News 24

Gobal IME Bank

ब्रिटेनकी महारानी ऐलिजावेथ द्वितीया जन्म सन् १९२६ एप्रिल २१ म लन्डनको बर्कली स्क्वायरमा भएको हो । महारानी ऐलिजाबेथ द्वितीया जार्ज पाचौँका दोस्रो छोरा ड्यूक अफ योर्क अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्। ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानी थिइन्। उनमा जिम्मेवारीबोधको गहिरो बुझाइ र राजगद्दी अनि जनताप्रति जीवन अर्पण गर्ने आँटिलो साहास थियो।ब्रिटिश प्रभाव कम हुँदै गएको,समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीब्र रुपमा बदलिएको विश्वमा धेरैका लागि एउटा स्थायी बिन्दु बन्न सफल भइन् उनी। अत्यन्त कठिन परिस्थितीमा समेत राजतन्त्र कायमै राख्न उनले गरेको प्रयासहरु उल्लेखनीय छन्। उनी विश्वको अति नै शक्तिशाली महिलाहरु मध्ये एक हुन्। त्यसैले उनमा विशेषाअधिकारहरु छन् जुन अरुमा छैन। आज हामी महामहिमको शाही बिज्ञप्तिको बारेमा केहि चर्चा गर्नेछौ। जहाँ उनको बिशेषाअधिकारहरुका बारेमा र ब्रिटेनको रानी हुनुमा सबैभन्दा अचम्म लाग्दो विषयहरुका बारे उल्लेख गरिएकोछ।

– लाइसेन्स बिना कार चलाउन पाँउने अधिकार उनमा रहेको छ। हुन त सामान्यतया महारानीसगँ उनका चालक पनि रहन्छन् तर कहिलेकाँही एक्लै चलाउन मन लागेमा लाइसेन्सको प्रतिबन्ध हटाइएको छ। उनी देशको एकमात्र ब्यक्तित्व हुन जसमा बिना लाइसेन्स कार चलाउन पाँउने अधिकार छ।

– नम्बर प्लेट बिना नै ड्राईभिगं गर्न पाउने अधिकार प्राप्त छ। उनका कुनैपनि गाडिहरुमा नम्बर प्लेटहरु देखिदैँन। रानी एलिजाबेथ द्वितीयाको सवारी साधनहरु पत्ता लगाउन निकै सजिलो छ। किनकि उनको कार नम्बर प्लेट बिना सडकमा एउटै हुनेछ।

– शाही परिवारको पोशाकका लागि धेरै फेसनका नियमहरु पालना गर्नु पर्नेहुन्छ। तर उनलाई शाही पोशाक कोडको निर्णय गर्न पाउने अधिकार ब्यक्तिगत प्राथमिक्ताहरुमा आधारित रहेको छ।

– उनीसगँ सार्वभौम उन्मुक्तिको अधिकार रहेकोले गिरफ्तार हुन नपाँउने विशेषाधिकार रहेको छ। रानीको कार्यले पक्कैपनि जनमत र राजतन्त्रको भविष्यमा असर पार्दछ तर उनी आफैलाई गिरफ्तार हुने चिन्ता लिनुपर्दैन र कसैले उनीमाथी कुनै अभियोग लगाउन पाउँदैन।

– प्रधानमन्त्रीलाई बर्खास्त गर्न सक्ने अधिकार महारानीमा रहेको छ। ब्रिटिश सरकारको लागि एक प्रमुख ब्यक्तित्वको रुपमा सेवा गर्नु उनको बिषेश मामिला भएकोले उनमा मतदान र राजनीतिक बिचार सार्वजनिक रुपमा राख्ने अधिकार नभएता पनि शाही बिशेषाधिकार अन्तर्गत रानीले चाहेको खण्डमा प्रधानमन्त्रीलाई बर्खास्त गर्न पाँउने बिषेश अधिकार भने प्राप्त छ।

– महारानी एलिजाबेथ द्वितीया राष्ट्रकै धनी ब्यक्ति हुन्त र कर नतिर्न छुट छ।सार्वभौम रुपमा उनलाइ कर तिर्नबाट मुक्त छिन्। तर पनि उनले स्वेच्छिक रुपमा आय,सम्पति र लाभहरुमा कर तिर्ने गर्दछिन्।

– पासपोर्ट बिना अन्तराष्ट्रिय यात्रा गर्न पाउँने अधिकार ब्रिटेनकी महारानीमा रहेको छ। यघपि यस्तो अधिकार उनका सम्पूर्ण परिवारहरु मध्ये उनमा मात्र लागू हुन्छ। सम्पूर्ण ब्रिटिश राहदानीहरु रानी आफैले जारी गरेको हुनाले उनले पासपोर्ट राख्न जरुरी छैन।

– निर्णायक समितिको कर्तब्यबाट अलग बस्न पाउँने बिशेषाअधिकार प्राप्त छ। पहिला सम्पूर्ण परिवारलाई निर्णायक समितिमा उपस्थित हुन छुट थियो किनकि फौजदारी न्याय विधेयकको निर्णय अनुशार उनका पारिवारिक सदस्यलाई सेवाको उपस्थितिका लागि बोलाएमा रानी स्वयम्का लागि अवरोध सिर्जना हुन सक्ने भएकोले सबैका लागि छुट गरिएको थियो तर अहिले महारानीलाई मात्र निर्णायक समितिबाट अलग बस्न अधिकार दिइएको छ।

– महारानीलाई गति सीमामा छुट रहेको छ। जब उनी आधिकारिक रुपमा रक्षक दलहरुका साथ सवारीमा हुन्छिन् यात्रा अगावै आपतकालिन सेवाका सवारी साधनहरुलाई गति सीमा तोक्न आदेश दिइएको हुन्छ। यो सडक ट्राफिक नियमन ऐन अन्तर्गत पर्दछ।

– महारानी एलिजाबेथ द्वितीयालाई आफ्नो जन्मदिन दुई पटक मनाउन पाउँने अधिकार रहेको छ। सार्वभौमको रुपमा महारानीले उनको बास्तबिक जन्मदिन निजी रुपमा एप्रिल २१मा र शाही जन्मदिन जुनको दोस्रो शनिबार भब्यताकासाथ मनाउन पाउँने अधिकार रहेकोछ।

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button