मनोरञ्जनसफल कथा

बलिउड कोरियोग्राफर रेमो डिसूजाको सफलताको कथा – Good News 24

Gobal IME Bank

फिल्मि दुनियाँ यस्तो दुनियाँ हो जसले कुनै पनि मानिसको भाग्यलाई कतिबेला बदल्न सक्छ पत्तै हुदैन। त्यसमाथि बलिवुड नगरी यस्तो नगरी हो जहाँ धेरै मात्रामा मानिसहरु आफ्नो भाग्यको जाँच गर्न आएका हुन्छन्। त्यसमध्ये रेमो डिसूजा,जसलाई मानिसहरु बेस्ट कोरियोग्राफर्सका रुपमा चिन्छन् तर रेमोको यो यात्रा सजिलो थिएन। हुनत उनी अहिले करोडौंको मालिक हुन्। तर यस्तो पनि समय थियो जुनबेला उनलाई बिहान बेलुकिको छाक टार्न पनि गाह्रो पथ्र्यो। आज हामी रमेश यादब अर्थात् रेमो डिसूजाको जीवनी बारे जान्नेर्छौ।उनी रमेशबाट रेमो डिसूजा कसरी बने त?

रेमोको असली नाम हो रमेश यादव २ अप्रेल १९७२ मा कर्नाटकको राजधानी बेंगलुरुमा जन्मेका रेमोको असली नाम हो रमेश यादव। जब उनी मुंवई आएका थिए तब नै उनी रमेशबाट रेमो बनेका थिए। डांसमा निकै नै गहिरो इच्छा राख्ने रेमो गुजरातको जामनगरमा पढाई गरिरहेका थिए तब उनी त्यहाँबाट पढाई छोडेर मुंवई भागेका थिए ताकि आफ्नो सपना पूरा गर्न सकु्न।
रेमोका पिता एयरफोर्समा कुकको जागिर गर्थे तर उनको कमाईले मात्र घर चलाउन निकै गाह्रो थियो। घरमा आर्थिक अबस्था निकै कठिन थियो। जसका कारण रेमोले पनि घरको जिम्मेदारी सम्हाल्नका लागि काम गर्न शुरु गरे। उनले कहिले बेकरी, कहिले किराना पसल त कहिले साईकल बनाउने पसल समेत खोलेर काम गरेका थिए। तर उनलाई डान्स प्रतिको मोहले मुंबई पुर्याएको थियो।
पैसाको कमीका कारण उनले कयौं दुखका दिनहरु देख्नुपर्यो।

शुरुका दिनहरुमा रेमोले कयौं रातहरु भोकै स्टेशनहरुमा सुत्नु पर्यो। गरिबीकै कारण उनलाई धेरै समस्याहरु भए। त्यही समयमा उनले कामका लागि भौंतारिदैँ बस्नु पर्यो। यसैक्रममा उनको भेट लिजेलसँग भयो र उनले लिजेललाई आफ्नो जीवनसाथी बनाए। उनले पनि रेमोको साथ दिईन्। रेमोलाई कहिले एक्लै छोडिनन्। यसपछि उनीहरु जीवनमा अगाडि बढ्दै गए। आज उनीहरु दुई छोरा धुर्व र गैब्रियलका मातापिता हुन्।
रेमोलाई रणवीर सिहं र दीपिका पादुकोणको सुपरहिट फिल्म बाजीराव मस्तानीको गित दीवानी मस्तानीको लागि नेशनल अवार्ड अफ कोरियोग्राफीबाट सम्मान गरिएको थियो।

कडा मेहेनत पश्चात मात्र उनी बने करोडौंको मालिक
आज उनी आफ्नो कडा मेहेनत अनि परिश्रमका कारण नै करोडौंको मालिक बन्न सफल भएका हुन्। मिडिया रिपोट्सका अनुशार ,रेमोसगँ अहिले ८ मिलियन डलर अर्थात् करीब ६० करोडको सम्पति रहेको छ। उनी डान्समा करियर बनाउन चाहने लाखौ करोडौं युवाहरुका लागि प्रेरणा हुन्। अहिले उनले धेरै युवा बच्चाहरुको करियर बनाउन मद्धत गरिरहेका छन्। हुन त रेमोले आफुलाई मात्र कोरियोग्राफ्ररको रुपमा स्थापित गरेका छैनन् तर एक सिनेमा निर्देशकको रुपमा पनि अगाडि बढिरहेका छन्। साल २०१३ मा डान्ससँग आधारित हिन्दि फिल्म,,इबीसीडी,, र सीक्वल ,,एबीसीडी,, २ पनि निर्देशन गरिसकोका छन्। बरुण धवन, श्रद्धा कपूर र प्रभुदेवा जस्ता कलाकारहरुको अभिनयबाट सजिएको यो फिल्म बक्स आफिसमा सुपरहिट नै साबित भएको थियो। तर साल २०२० मा उनका प्रशसंकहरुलाई तब झट्का लागेको थियो जब रेमोलाई ह्रदयघात भएको थियो। यसको कारणले धेरै दिन हस्पिटलको वेडमा बिताउनुपरेको थियो तर छिट्टै उनी निको भए। यो समयमा पनि उनकी पत्नी लिजेलले उनको पूरा ध्यान राखेकि थिइन्।
उनको यो जीवनीबाट कडा मेहेनत र परिश्रमबाट आफ्नो सपना पूरा गर्न धेरैलाई प्रेरित गर्नेछ।

 

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button