शिक्षा स्वास्थसफल कथा

हामीले हाम्रो बानीलाई आकार दिन्छाैँ र त्यहि बानीले नै हामीलाई आकार दिन्छ

Gobal IME Bank

डेडलाईन भन्दा पहिले नै काम पुरा गर्न सबैकोलागि कठिन काम हो । हामीले समय व्यवस्थापन गर्न जानेनौ भने पनि काम पुरा गर्नको लागि अझै गाह्रो हुन्छ । हामीले विभिन्न भनाईहरु सुनेका छौँ  कि ‘ हामी सबै सँग दिनमा मात्र २४ घण्टा हुन्छ ’ ।
हामीले समयलाई रोक्न सक्दैनौ तर हामीले समयको सहि प्रयोग गरेर र समय व्यवस्थापन गर्ने सुझावहरु अपनाएर उर्वर हुन सक्छौँ ।
के के हुन् समय व्यवस्थापन गर्ने तरिकाहरु ?

१. कठिन काम पहिले गर्ने
दिनको शुरुवातमा नै कठिन काम पहिले पुरा गर्ने । ब्रायन टे.सिद्धारा लिखित प्रसिद्ध किताब ‘ Eat that frog ’ (इट ड्याट फ्रग )मा पनि लेखिएको छ टु डु लिस्टमा भएको सबै काम पुरा गर्नकोलागि पर्याप्त समय हुँदैन । किताबमा लेखिएको छ पुराना भनाईहरु अनुसार हरेक दिन बिहान उठ्ने वित्तिक्कै ज्युँदो भ्यागुतो खानु । यो हाम्रो लागि सबै भन्दा गाह्रो काम हो । लेखकले साच्चिकै भ्यागुतो खानु भन्न खोजेका भने होइन किताबमा भ्यागुतालाई रुपकको रुपमा प्रयोग गरिएको हो । यस भनाईको मतलब दिनको सुरुवातमा सबै भन्दा पहिले सबै भन्दा महत्वपुर्ण कठिन काम पहिले पुरा गर्ने । काम एकछिन पछि गर्छु भनेर नबस्ने नेपाली उखान नै छ ‘ “काम साँचे आफूलाई खान साँचे अरूलाई ।” ’ एकछिन पछि गर्छु भनेर काम टालिरहे अन्तिम समयमा काम सकाउन हामी आफैलाई गाह्रो हुन्छ र तनाव पनि हुन्छ । महत्वपुर्ण र कठिन काम नसके सम्म हामीलाई तनाव महसुस भईरहन्छ  । त्यसैले पहिले त्यो काम सकियो , पुरा भयो भने हामी आफ्नै लागि फाइदाजनक हुन्छ ।


२. काममा केन्द्रित रहने
प्राय हामी सबै यस्तो गर्छौ काम गरिरहेको समयमा हामीलाई सोसल मिडियामा केहि नोटिफिकेसन आउनासाथ मोबाइलमा हाम्रो ध्यान जान्छ र हामी मोबाइलमा हेरेर बिताउन थाल्छौ । यसकारण हाम्रो काम पुरा हुनमा ढिला हुन्छ र हाम्रो अरु कामको तालिकामा पनि असर गर्छ ।  त्यसैले काम गर्ने समयमा मोबाइलको वाईफाई अथवा नोटिफिकेसन अफ गरि बस्ने र आफ्नो पुरै ध्यान काममा केन्द्रित गरिराख्ने । यस्तो बानी बसाल्दा हाम्रो काम समयमै पुरा हुन्छ ।

२. पारेटो प्रिन्सिपल
म्यानेजमेन्ट कन्सलटेन्ट जोसेफ एम जुरानले यो कन्सेप्ट ईटालियन इकोनोमिस्ट विलफ्रेडो पारेटो उत्प्रेरित भएर निकालिएको हो । पारेटोको किताबमा लेखिएको छ इटालिमा ८० प्रतिशत जग्गाको मालिक २० प्रतिशत जनसंख्या थिए ।
पारेटो प्रिन्सिपल अनुसार ८० प्रतिशत परिणाम २० प्रतिशत उदेश्यको कारण आँउछ । ८० प्रतिशत रिजल्ट २० प्रतिशत प्रयत्नको कारण आउँछ । हाम्रो २० प्रतिशत समय र प्रयत्नको कारण ८० प्रतिशत परिणाम निस्किन्छ भन्ने कुरा बुझे पछि अति आवश्यक कुरालाई बढि प्राथमिकता दिने ।
उदाहरणको लागिः यदि हामीसँग १० ओटा कामहरु छन् र यि काममा समान रुपमा समय लाग्ने छ भने महत्वपुर्ण र अतिआवश्यक कामलाई बढि प्राथमिकता दिने । परिणाम स्वरुप हामीले १० वटै काम पुरा गर्न नसके पनि महत्वपुर्ण काम सकिदा , २० प्रतिशत काम पुरा हुँदा ८० प्रतिशत प्रभाव पर्छ ।


४. समय व्यवस्थापन ( Urgent Important Matrix ) 
समय व्यवस्थापन गर्न सिक्दा हाम्रै लागि फाइदाजनक हुन्छ किनभने हामी तालिका नमिलाई काम गरिरहेका हुन्छौँ र यसरी काम गर्दा जरुरी कामहरु पुरा भईरहेको हुदैन । समय व्यवस्थापनलाई Urgent Important Matrix वा Quitrent System पनि भनिन्छ । यसमा कुन काम पहिले गर्ने भनेर कामहरु विभाजित गर्ने । अत्यावश्यक र महत्वपुर्ण काम दिनको सुरुवातमा पहिले सकाउने , त्यसपछि महत्वपुर्ण काम सकाउने र यि कामहरु सकिएपछि अत्यावश्यक तर महत्वपुर्ण नभएका काम गर्ने र अन्तिममा बचेको समयमा अरु टिभि हर्ने , गेम खेल्ने जस्ता कार्यहरु गर्ने ।

५. सत्र (१७) मिनेट ब्रेक लिने
हामीले ५२ मिनेट काम गरिरहेका छौँ भने १७ मिनेट ब्रेक लिने । हामीले काम गरिरहँदा मस्तिष्कले पनि काम गरिरहेको हुन्छ र थाकिरहेको पनि हुन्छ । जुन उर्जा सुरुमा हाम्रो मस्तिष्कमा हुन्छ काम गरिरहँदा उर्जा घटिरहेको हुन्छ । त्यसैले कामकको बिचमा विश्राम लिँदा हाम्रो मस्तिष्कलाई पनि विश्राम मिल्छ र मस्तिष्कले उर्वर रुपमा काम गर्छ । यसरी कामको बिचमा विश्राम लिँदा हामीलाई पनि सजिलो हुन्छ ।

६. काम नछोड्ने
अलिकति ढिला भयो भने हामी आफ्नो काम नै होस् भोलि गरौला भन्ने भावले छोडिदिन्छौ । यस्तो बानी  हामीले त्याग्न जरुरी छ किनभने यसो गर्नाले हामी अल्छि हुन्छौ र काम कहिले पनि पुरा हुदैन । जति नै ढिला भए पनि काम जहिल्यै पनि पुरा गर्ने बानी बसाल्ने । कहिलेकाही हामी ढिला उठ्छौ र मिल्ने छ भने काम वा स्कुल , कलेज स्किप गर्छौ यसरी स्किप गर्ने बानीले हामी आफैलाई असर गर्छ त्यसैले यस्तो गर्ने बानी हटाउने ।

७. प्रेरित भईरहने
कहिलेकाँही हामीलाई कुनै काम गर्न अल्छी लागिरहेको हुन्छ वा हामी कहिलेकाँही डिमोटिवेटेड भई रहेको हुन्छौ काम वा पढ्न जानको लागि यस्तो समयमा प्रेरित भईरहन जरुरी हुन्छ । प्रेरित भई राख्ने कुरामा बढि ध्यान दिने विभिन्न प्रेरित गर्ने र सफल व्यक्तिको भाषणहरु सुन्ने , हेर्ने, पढ्ने गर्नुपर्छ ।

पहिले हामीले हाम्रो बानीलाई आकार दिन्छाैँ पछि त्यहि बानीले  हामीलाई  आकार दिन्छ ।

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button