अन्यशिक्षा स्वास्थ

पेट खराब हुँदा के गर्ने वा के खाने ?

Gobal IME Bank

विजया दशमी नेपाली समाज र हिन्दुहरुको महान् पर्व हो । यो कैयौँ वर्ष देखि मनाउदै आएको पर्व हो । यतिबेला सबै नेपालीहरुले विदा पाउने कारण विधार्थीहरु र काम गर्ने व्यक्तिहरुले पनि विदा पाउने गर्छन् । यो समयमा सधैँ काममा व्यस्त भएका परिवारको सदस्यहरु एकै ठाँउमा जमघट हुन्छ । टिकाको दिन टिका लगाइसकेर मात्र खाना खाने हुँदा पेट खाली हुँदा ग्यास्ट्रिक हुने समस्याहरु आउछ । साथै परिवार सबैजना सँगै हुदा मिठो खानाहरु नहुदा उत्सव खल्लो र अपुर्ण हुन्छ र मिठो खाना , परिकार बनाउन अवश्य मसला र चिल्लोको बढि प्रयोग गरिन्छ । दशैँमा घर घरमा खसी काट्ने चलन रहेकोले मासु धेरै खाइन्छ र यसले पनि पेट खराब बनाउछ । रमाइलोपनमा भुलेर हामी आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेको हुदैनौ र पेटको समस्याले ग्रसित भएर बस्छौ यस्तो हुदा आफ्नो साथसाथै अरुको पनि मुड बिग्रिन जान्छ ।
पेट खराब हुँदा सके सम्म चाँडो ठिक होस् भन्ने हामी सबैजना चाहान्छौँ । पेट खराब हुनुको धेरै कारणहरु हुन्छन् जस्तैः मद्यपान , खानामा हुने ब्याक्टेरीया , अपच र चिल्लो खानाको सेवन इत्यादि । सके सम्म पेट गडबड हुन नदिए नै हाम्रो लागि फाइदाजनक हो तर यदि पेट गडबड भइहाल्दा के खाँदा आराम मिल्छ ? पढ्नुहोस्

१.पेट गडबड हुँदा के खाने ?
पेट गडबड हुँदा वान्ता , वाकवाकी लाग्ने र डाइरिया हुने समस्या धेरै हुन्छ । यसबेला ठोस खाना वान्ता र डाइरिया हुन रोकिएपछि केहि समय पछि मात्र खानु पर्छ । बच्चाहरुमा यो समस्या आए ६ घण्टा पछि मात्र खानाहरु खानको लागि दिने । ठोस खानाहरु खानु अगाडि तरल पदार्थ प्रसस्त मात्रामा पिउने त्यसपछि सफ्ट खानाहरु आलु , जाउलोहरु खाने र वाकवाकी लाग्न छोडे पछि मात्र ठोस खाना खाने बानी बसाल्ने ।
ब्राट डाइट (आहार) हरु मात्र खाँदा पेटलाई आराम मिल्छ । ब्राट डाइटमा केरा , चामल (भात) , एप्पल सस र टोस्ट पर्छ । यि खानाहरुले तरल पदार्थ सोस्न मद्दत गर्छ , दिसा राम्रो बनाउन मद्दत गर्छ र संवेदनशील पेटलाई अझ धेरै गडबड हुन दिदैन । केराबाट हाम्रो शरीरमा पोटासियम प्राप्त हुन्छ ।
मेवा खाँदा पनि डाइजेस्ट गर्न मद्दत गर्छ र कब्जियतलाई पनि ठिक बनाउछ । यसमा इन्जाइम हुन्छ जस्ले प्रोटिनलाई तोड्ने काम गर्छ जसको कारण डाइजेस्ट हुन सजिलो हुन्छ ।
अदुवा खाँदा पनि वाकवाकि लागेको ठिक बनाउछ डाइजेस्ट गर्ने मसल्जहरुलाई रिल्याक्स गर्ने काम गर्छ । अदुवाको चिया पिउने अथवा फ्रेस अदुवा चपाउने । डाक्टरहरुको सल्लाह अनुसार दिनमा ४ ग्राम अदुवा खाँदा हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । सौँफ खाँदा पनि पेटको समस्या ठिक हुन्छ । दहि परम्परागत औषधिको रुपमा पेट गडबड हुँदा खाने चलन छ । दहिले पेटमा राम्रो ब्याक्टेरिया बढाउछ र पाचन प्रक्रीया राम्रो बनाउन मद्दत गर्छ । यसका साथै पुदिनाले पनि पेटको समस्या ठिक गर्छ ।

२. तरल पदार्थ
पेट गडबड हुँदा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । वान्ता र डाइरियाको कारणले हाम्रो शरीर डीहाइड्रेटेड भईरहेको हुन्छ । त्यसैले पानी धेरै पिउने ।
हर्बल चिया पिउँदा पनि पेटलाई आराम मिल्छ । पुदिना , दालचिनी र अदुवाको चिया पिउँदा पेटलाई आराम मिल्छ । चिकेनको सूप बनाएर खाँदा पेट खराब छ भने पेटलाई आराम मिल्छ र हाइड्रेटेड रहन मद्दत मिल्छ । कहिलेकाँही निल्न गाह्रो भईरहेको छ भने आइस क्युब मुखमा हालेर बस्ने यो निल्न पनि पर्दैन र हामीले पानी प्राप्त गरिरहेको हुन्छौँ ।

३. के नखाने
कार्बोनाइजेसनले ग्यास उत्पन्न गर्छ त्यसैले पेट खराब हुँदा ग्यास भएको खाने कुरा नखाने । सोडा , कोक जस्ता पेयपदार्थहरु नपिउने । यस्ले संवेदनशील भईरहेको पेटलाई अझ धेरै असर गर्छ त्यसैले पनि नपिउने गर्दा राम्रो हुन्छ ।
चकलेट र क्यफिन युक्त खाना पनि नखाने यसले खराब पेटलाई इरिटेट गर्छ र झन् डाइरिया हुन्छ त्यसैले चकलेट र कफीहरुबाट टाढा नै बस्ने ।
चिल्लो र बोसो युक्त खाना नखाने , एसिड पाइने खाना जस्तै सुन्तला , कागतीहरु जस्ता सिट्रस फुड र गोलभेडा नखाने । यी खानाहरुले पेट झनु खराब हुन्छ । पिरोो र मसला धेरै भएको खाना नखाने र मद्यपान नगर्ने । रक्सी जस्ता पेयपदार्थले खाना मेटाबोलाइज हुदैन र डाइजेस्ट पनि हुदैन त्यसैले यि खाद्यपदार्थ र पेयपदार्थ पेट संवेदनशील र गडबड भएको समयमा सेवन नगर्ने ।

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button