समाचार

छ स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति-Goodnews24

Gobal IME Bank

बैतडी- बैतडीका छवटा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ । सङ्घीय सरकारले जिल्लाका छवटा स्वास्थ्यचौकीलाई १५ श्यया र १० श्ययाको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । पुर्चौंडी नगरपालिका–३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

यसका लागि सङ्घीय सरकारले रु एक करोड बजेट विनियोजन गरेर पुर्चौंडी नगरपालिकाको खातामा पठाएको छ । यस्तै सूर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्यचौकी र पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीलाई १० श्ययाको अस्पतालमा स्तरोन्नति गरिने बताइएको छ । यसका लागि सम्बन्धित स्थानीय तहमा रु ८५ लाखका दरले बजेट पठाइएको जनाइएको छ ।

स्थानीयस्तरमै अस्पतालको सेवा प्राप्तिमा सहज होस् भनेर स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यचौकीलाई अस्पातलमा स्तरोन्नति गर्ने कार्य यसै वर्षबाट शुरु हुने जनाइएको छ । सम्बन्धित स्थानीय तहहरुले स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउने छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button