मुख्य समाचारसमाचार

आजको मौसम : आंशिकदेखि सामान्य बदली

Gobal IME Bank

काठमाडौं । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको तराइका भू–भागमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button