मुख्य समाचारसमाचार

मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थलको अनुगमन

Gobal IME Bank

दमक । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिनुभएको छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिनुभएको हो । उहाँलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले घटनाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै, उहाँले आगलागी पीडित व्यवसायीसँगसमेत संवाद गर्नुभएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । मुख्यमन्त्री समक्ष पीडितहरुले आफूहरुलाई पुनःस्थापित तथा राहतमा सहयोग पुर्याइदिन माग राखेका थिए । त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको थियो ।

पीडित व्यवसायीलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र यहाँका राजनीतिक दल, सङ्घ संस्थाको सक्रियता पहिलो हुने उहाँले बताउनुभयो । “प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने र गर्न मिल्ने सम्मको राहत आफूले तुरुन्तै उपलब्ध गराउने छु”, मुख्यमन्त्रीले भन्नुभयो ।

घटनामा ६ वटा पसल पूर्णरुपमा क्षति भएको तथा अन्य तीन वटा पसलका सबै सामान जल्दा करिब रु दुई करोड बढीको धनजनको क्षति पुगेको प्रहरीले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button