समाचारसूचना प्रविधि

अमेजनको ‘ड्रोन डेलिभरी’ को सपना पुरा

Gobal IME Bank

एजेन्सी । अमेजन कम्पनीले ड्रोन डेलिभरी सर्भिसको सुरुवात गरेको छ । क्रिस्टमस र नयाँ वर्षको छुट्टीको समयमा अमेजनले थोरै संख्यामा आफ्नो कलेज स्टेसन टेक्सास, क्यालिफोर्निया र लकफोर्डको कस्टुमरहरुलाई ड्रोनको माध्यमबाट प्याकेज डेलिभरी गरेको छ ।
खुद्रा व्यापार गर्ने अमेजन कम्पनीले अझै धेरै स्थानमा एयरबोर्न सर्भिस सुरु गर्ने अपेक्षा राखेको छ तर समय भने तोकेको छैन ।

लकफोर्ड सानो ग्रामिण समुदाय हो जहाँ क्यालिफोर्नियाको ३५ हजार मानिसहरुको बसोवास रहेको छ । कम पपुलेसन भएको कारण यहाँ अमेजनको पाइलट प्रोगामको परिक्षण गर्नको लागि यो ठाँउमा ड्रोन सर्भिसको सुरुवात गरेको हो जुन कम्पनीले नयाँ वर्षको सुरुवातमा सर्भिसको लन्च गर्ने वाचा गरेको थियो ।

लकफोर्ड भन्दा बाहिर ड्रोन डेलिभरी सर्भिस गर्ने अनाउन्स जुनमा नगरेको कारण कलेज स्टेसनमा भएको ड्रोन डेलिभरीको ट्रायलले मानिसहरु अचम्मीत भएका थिए ।

“हाम्रो लक्ष्य ड्रोनलाई आकासमा सुरक्षित साथ उडाउनु हो । हामीले सानो कम्युनिटिहरुमा आफ्नो ड्रोन सर्भिस सुरु गरेका छौ र विस्तारै केहि समय पश्चात अरु स्थानमा पनि ड्रोन डेलिभरी सर्भिसलाई विस्तार गर्दै लैजाने छौ । ” – अमेजनको प्रवक्ताले बताउनुुहुन्छ ।
यी दुई टेस्ट एरियामा भएका सबै अमेजन प्राइम मेम्बरहरुले ड्रोन डेलिभरी सर्भिसको प्रयोग गर्न पाउने छन् ।

लकफोर्डमा रहेको प्राइम ड्रोन डेलिभरी सर्भिस सेन्टर ४ माइल्स भित्र रहेको कस्टुमरहरुले ड्रोन सर्भिसको अनुभव लिन सक्ने छन् । अथवा कलेज स्टेसनमा रहेको प्राइम ड्रेन डेलिभरी सर्भिस सेन्टरबाट ३.७३ माइल्स भित्रका कस्टुमरले यो सर्भिसको प्रयोग गर्न सक्ने छन् । हरेक हबमा चार वटा स्टेसन रहेको छन् एक वटा ड्रोनको मात्र प्रयोगको लागि अनुमति पाएको छ ।

ड्रोन डेलिभरी सर्भिस हप्तामा पाँच पटक मात्र प्रयोग हुने छ, दिनमा मात्र । अमेजनले बताए अनुसार ड्रोनले प्रति सेक्टर धेरैमा ५० ढुवानि गर्न सक्छ । महिना भरीमा अमेजनले चार हजार ड्रोन डेलिभरी गर्ने अनुमान गरिएको छ । कस्टुमरले अर्डर गरेको एक घण्टा भित्रमा उनिहरुको घरमा प्याकेज डेलिभरी हुनेछ ।

फेडेरेसन एभिएसन एड्मिनिस्ट्रेसनले सन् २०२० मा अमेजनलाई पार्ट १३५ एयर क्यारियर सर्टिफिकेसन प्रदान गरेको थियो । अमेजन प्राइम एयर ड्रोन स्वतन्त्र रुपमा उडाउन पाए पनि सुरक्षाको लागि पाइलटहरुले यसलाई मोनिटर गर्नेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button