समाचार

एन्फा कार्यसमिति बैठक बस्दै -Good News 24

Gobal IME Bank

काठमाडौं, श्रावन २५ । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक बिहिबार बस्दैछ ।
ललितपुर स्थित एन्फा मुख्यालयमा तय भएको बैठकमा यसअघि तय भएका एजेण्डासहित थप चार एजेण्डा समावेश भएका छन । यसअघि बसेको कार्यसमितिको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो । एन्फा कार्यसमितिको बैठक बिहिबार १० बजे एन्फा कम्प्लेक्समा बस्दैछ । बिहिबार बस्न लागेको बैठकमा पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुटस तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डे मा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेण्डा थपिएका हुन ।
यसअघि एन्फा कार्यसमिति बैठकका लागि १८ वटा एजेण्डा तय गरेको थियो । पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो ।
त्यस अघिको पहिलो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । एन्फाको निर्वाचन पछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनामा परेको नयाँ नेतृत्तवको तेस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button