विचारशिक्षा स्वास्थ

किन हामीलाई अपेक्षाले निरास बनाउँछ ? – Good News 24

Gobal IME Bank

जब मानिस अर्धचेतनाको अवस्थामा कुनै कुराको अपेक्षा गरिरहेका हुन्छ भने, र त्यो पूरा नहुँदा निक्कै पीडा महसुस हुने गर्छ। जसले केही समयका लागि भए पनि निकै दुखी बनाउने काम गर्छ। अपेक्षा अर्धचेतनामा सुक्ष्म रूपमा रहने भएकोले त्यो सतहमा देखिँदैन। धेरै पल्ट त्यसलाई सजिलैसँग व्यक्त गर्न सक्ने अवस्था हुँदैन। व्यक्ति आफैँ पनि यस्ता अपेक्षाहरूमा जागरुक नभएको अवस्था हुनसक्छ । कुरा जति सुक्ष्म हुन्छ त्यो त्यती नै शक्तिशाली हुन्छ। जस्तो, न्युक्लिएर वा एटमको (कण) हुने गर्छ। एटम आफैँ निक्कै सुक्ष्म हुने गर्छ तर त्यो निक्कै शक्तिशाली हुनेगर्छ। जुन एटम बम बनाउन आधुनिक समयमा न्युक्लिएर पाअोर प्लान्टको माध्यमबाट बिजुली उत्पादन गर्न सक्ने शक्ति राख्छ। त्यसैगरि हाम्रा सुक्ष्म अर्धचेतनामा रहेको अपेक्षाकाे कारणले गर्दा हाम्रो अपेक्षा पूरा नहुँदा त्यसको प्रभाव र असर हाम्रा बानीव्यवहारबाट प्रकट भैरहेको हुन्छ। ती असरहरू कुनै न कुनै माध्यमबाट बाहिर निस्किरहेका हुन्छन्। कुनै पनि कुरामा अपेक्षा राख्नु अाफैँमा खराब कुरा भने होइन तर त्यसबाट निस्कने परिणामको लेखाजोखा गर्न आवश्यक हुन्छ।

त्यसैले एक पल्ट गहिरोसँग-गम्भीरतापूर्वक आफू र आफ्नोबारेमा सोच्नु पर्ने हुन्छ, केलाउनु पर्ने हुन्छ। आफूले गरेको आसा-अपेक्षा पूरा नहुँदासम्म त्यसलाई सहने शक्ति कहाँबाट जुटाउन सकिन्छ ? यसको बारेमा अन्दाज गर्नुपर्ने हुन्छ। सफल हुँदा त खासै समस्या भएन तर, आफ्नो अपेक्षाअनुसार कुराहरू हुँदा खुसी लाग्नु स्वभाविक नै हो, तर कहिलेकाहीँ सफलतालार्इ उचित तवरले व्यवस्थापन गर्न सकिएन भने जीवनमा कठिन समयको सामना गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्था जीवन खासै आनन्दमय हुँदैन। स्मरण रहोस्, सफल्ताको पनि आफ्नै मुल्य र मान्यता हुने गर्छ।

यो संसारमा कुनै पनि कुरा आफैँ आउँदैन। त्यसमा कसैले परिश्रम गर्नुपर्छ, कि त त्यो प्रकृतिक नियमभन्दा बाहिरको शक्तिले मात्रै सम्भव हुन्छ। सबैभन्दा ठूलो भुल चाहिँ कुनै व्यक्तिले अनावश्यकरूपमा अरूमा आस राख्नु हो। जसको नतिजा निरास र दुखी हुनु हो। किनकी कसैले पनि कसैकोलागि सबै थोक गर्न सक्दैन। परनिरभर्ताबाट नै अपेक्क्षा उत्पति हुने गर्छ। अरूमा भर पर्नु, अनावश्यकरूपमा अपेक्षा गर्नु जीवनको बहुमुल्य समयको बर्बाद गर्नु मात्रै हुन जान्छ। अरूबाट काम गराउनु बाठोपन त होला तर के त्यसबाट सतप्रतिशत सुख प्राप्त गर्न सकिन्छ र ? अथवा गर्वका साथ, ‘मैले काम आफैँले यो गरेँ, भनेर भन्न सकिन्छ र’?

सफल मानिसहरूको रिसडाहा गरेर दिवा सपना देख्नु आफ्नो जीवनमा थप पीडा थप्नु बाहेक अरू केही हुँदैन। जबसम्म व्यक्ति आफैँले, आफ्नो योजना र लक्ष्यको बाटो कोर्न सक्दैन तबसम्म सफलताकाे बाटो भेत्न सक्दैन। सफल मानिसको कुरा गरेर मात्र सफल्ता प्राप्त हुँदैन। सफल मानिसको जीवन कथाबाट प्रेरणा मात्रै लिन सकिन्छ। तर त्यसको कपिपेस्ट गर्न कोसिस गरेमा दुर्भाग्य हुन्छ। यदि गरि हाले भने पनि आफ्नोपन हराउँछ। मौलिकता गुम्छ र कमजाेर परिणाममा चित्त बुझाउनुपर्ने हुन्छ। हरेक मानिसका आफ्नै गुण ,आफ्नै विशेषताहरू हुन्छन्। सबल र दुर्वल पक्ष दुबै हुन्छन, मात्रै त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने सीपको विकास हुन जरूरी हुन्छ।

मानिस मानसिक रुपमा साकारात्मक प्रतिकृयाभन्दा बढी नकारात्मक प्रतिकृयाद्वारा छिट्टै निरास र उदास हुने गर्छ। नकारात्मक प्रतिकृया दुई धारे तरवारभन्दा धारिलो हुन्छ। त्यसैले अरूलाई पनि काट्छ र आफैँलाई पनि काट्छ। त्यो निक्कै जोखिमपूर्ण हुन्छ। खासमा मानिसहरू (साथीभाइ) अरूको सफलतामा छिट्टै डाहा गरिहाल्ने स्वभावकाे हुन्छन्। आफ्नो अर्धचेतनामा रहेको अपेक्षा पूरा नभएको अवस्थामा डाहाले मन पोल्नु स्वाभाविक हो। यस्तो अवस्थामा व्यक्तिले आफ्नो अनुहारमा मुकुट लगाएर प्रतिकृया यसरी दिने गर्छ,ः “तपाईंको त अब सबै राम्रै छ। अब अरू के चाहियो र? ” यस्तो खाले प्रतिकृया आफैँमा सकारात्मक भने होइन। सुन्नलाई ठीक लागे पनि यस्तो भनाईमा डाहा भाव लुकेको हुन्छ। त्यसैले बुद्धिमानी हुन आवश्यक हुन्छ कि कुन कुरा कसलार्इ, कहाँ, कसरी भन्ने ?

अपेक्षा राखे पनि, निरास हुनु चाहिँ पर्दैन। अर्धचेतन अवस्थामा आफैँ अपेक्षा राखेर त्यो पूरा नहुँदा अरूलाई दोष लगाउनु मुर्खता हुनजान्छ। सकेसम्म अपेक्षा गर्नु गलत हैन । जुन दिनबाट अरूमा अपेक्षा राख्न छोडिन्छ त्यही दिनदेखि व्यक्ति आफैँ जिउन सिक्छ, खुसी हुन सिक्छ। व्यक्ति आफैँले केही गर्न सक्ने क्षमताको विकास गर्छ । जुन दीर्घकालीन हुन्छ र आफैँ सबल बन्दै जाने बाटोको विकास हुन्छ। अरूमा अपेक्षा नराख्दा मन दुख्ने, मनमा ठेस लाग्ने हुँदैन। यो मानिसका लागि एक कठिन अवस्था हो।

यो पनि पढ्नुहोस् ….

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button