समाचार

असुसको जेनबुक थर्टिन र फोर्टिन ल्यापटप नेपालमा-Goodnews24

Gobal IME Bank

काठमाडौं । नागमणी इन्टरनेशनल प्रालिले असुसका दुई नयाँ ल्यापटप जेनबुक थर्टिन (युएक्स ३२५) र जेनबुक फोर्टिन (युएक्स ४२५) नेपाली बजारमा सार्वजनिक गरेको छ । असुसका यी दुवै ल्यापटपहरु आफ्ना पूर्ववर्ती ल्यापटपहरुको तुलनामा निकै हलुको र पातला छन् । यी ल्यापटपहरुमा कम्प्याक्ट फोर साइड नानो एज डिस्प्ले छ । जसले ९० प्रतिशत स्क्रिन टु बडी रेसियो प्रदान गर्दछ । साथै यसले प्रयोगकर्ताहरुलाई इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ ।

दुवै ल्यापटपमा असुस नम्बर प्याड २.० का साथै २२ घण्टाको ब्याट्री लाइफ र नयाँ एज टु एज किबोर्ड डिजाइन छ । असुस जेनबुकमा भएको आईआर क्यामेराको कारण यसको फेस रिकग्निसले एकदमै छिटो काम गर्छ । यसमा १० औं पुस्ताको इन्टेल कोर प्रोसेसर, आठ जीबीसम्मको र्‍याम र ५१२ जीबी एसएसडी स्टोरेज छ । यसमा रहेको वाईफाई सिक्सले ल्यापटपलाई छिटो तथा सजिलो पर्फमेन्सको लागि मद्दत गर्दछ ।

जेनबुकका यी दुई मोडेलमा प्रयोगकर्ताले विभिन्न किसिमका स्क्रिन साइजहरु प्राप्त गर्न सक्छन् । जेनबुक थर्टिन एकदमै हलुंगो रहेको छ भने यसको साइज पनि सानो छ । यी दुवै ल्यापटपहरुको मोटाई १३.९ एमएम रहेको छ भने यसको लुक्स एकदमै कम्प्याक्ट र सुन्दर छ । अहिलेका १३.३ इन्च तथा १४ इन्चका पातलो डिजाइन भएका कमै ल्यापटपहरुले मात्र आइ/ओ पोर्ट हुने गर्दछ । जुन यी ल्यापटपहरुमा रहेको छ । २ अक्टोबरदेखि देशभरका कम्प्युटर स्टोर तथा नागमणीको वेबसाइटमा यी ल्यापटपहरु उपलब्ध हुनेछन् । नेपालमा जेनबुक थर्टिनको मुल्य १ लाख ३२ हजार २२२ रुपैयाँ र जेनबुक फोर्टिनको मुल्य एक लाख २७ हजार ७७७ रुपैयाँ राखिएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button