समाचार

प्रचण्डलाई बाबुरामको प्रस्ताव : एउटै चुनाव चिह्नमा जाऔं -Good News 24

Gobal IME Bank

२६ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्षलाई एउटै चुनाव चिन्ह लिएर जान प्रस्ताव गरेका छन । माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने र एउटै चुनाव चिन्ह लिएर जाने प्रस्ताव राखेका हुन । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका थिए ।
‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button