अन्य

भुलेर पनि नखिच्नुस भर्खर जन्मेको बच्चाको फोटो। बच्चालाई खतरा हुन सक्छ ।

Gobal IME Bank

baby 2

सुन्दा अचम्म लाग्न सक्छ, तर फोटो खिच्दा पनि बच्चालाई इन्फेक्सन हुन्छ । आजभोलि जन्मिन नपाउँदै बच्चाको फोटो खिच्ने र फेसबुकमा राख्ने चलन छ । तर, यो राम्रो होइन ।

भर्खरै जन्मेको बच्चाको आँखा सेन्सेटिभ हुन्छ, मोबाइलको लाइटले गर्दा आँखामा विभिन्न समस्या हुनुका साथै पछि आँखा नदेख्ने समेत हुन्छ ।
बच्चा जन्मिएपछि बधाइ दिन फूल लिएर जाने चलन पनि छ । यो पनि गलत हो । फूलमा विभिन्न किसिमका किटाणुहरु हुन्छन्, त्यसले गर्दा बच्चामा इन्फेक्सन हुन सक्छ ।

बच्चालाई दिइने खेलौना पनि दिन न त के उसको नजिक समेत राख्न हुँदैन ।
यदि बच्चालाई नयाँ कपडा लगाइदिनुछ भने पनि तातोपानीले मज्जाले धोएर मात्रै लगाइदिनुपर्छ । बाहिरको सामान केही पनि बच्चालाई दिनुहँुदैन । यस्ता विभिन्न कुराले साना बच्चा विरामी हुने सम्भावना हुन्छ ।
जुन सिजनमा पनि बच्चा जोगाउन गाह्रो हुन्छ । सबै सिजनमा बच्चालाई न्यानो राख्नुपर्छ तर गर्मीमा गुम्स्याएर राख्नुहुँदैन ।

सानो बच्चालाई जुन समयमा पनि वा जाडोमा पनि त्यति नै कपडा र गर्मिमा पनि त्यति नै कपडा लगाउने गरेको पाइन्छ तर त्यसो गर्नु राम्रो होइन । भर्खरै जन्मिएको बच्चालाई कोइला, हिटर बालेको छेउमा राख्नुहुँदैन ।
त्यसले डिहाइड्रेसन भएर नाक सुक्ने, सुख्खा हुने, ज्वरो आउने, आमाको दूध नखाने हुन्छ । जाडो समयमा कम्तिमा एक हप्तामा १,२ पटक नुहाउनुपर्छ तर गर्मीमा दिनदिनै नुहाउँदा पनि हुन्छ ।

यदि नसके दिनदिनै नरम कपडामा पानी लगाई पुछिदिई सफा राख्नुपर्छ । धेरै तेल लगाउँदा पनि शिशुको छालामा इन्फेक्सन हुन सक्छ ।
बच्चालाई घाममा राखिरहनु हुँदैन । घाममा धेरै राख्दा हाइपोथर्मियाले बच्चाको मृत्यु समेत हुन सक्छ । बच्चालाई धेरै चिसो पनि हुनुहुँदैन र तातो पनि ।

नवजात शिशुलाई हुन सक्ने समस्या
जण्डिस, रुघाखोकी, ज्वरो, डायरिया हुन सक्छ । अर्को गम्भिर समस्याको रुपमा बच्चाले आमाको दूध नै नखाने देखिएको छ । दूध राम्रोसँग नखुवाएर पनि बच्चा विरामी हुन्छ ।
आमाको दूध आएन भन्दैमा ल्याक्टोजिन किनेर बच्चालाई खुवाईहाल्नु हुँदैन । बरु आमालाई झोलिलो खानेकुरा दिनुपर्छ ।
कुनै नजिकै अरु आमा छन् भने उसको भएपनि दूध दिनुपर्छ । तर ल्याक्टोजन खुवाउनु हुँदैन । केही पनि उपाय भएन भने चिकित्सकको सल्लाह बमोजिम मात्रै खुवाउनुपर्छ ।

बच्चामा बढी पिसाबको समस्या देखिन्छ । यो समस्या आमाको समस्याले पनि देखिन्छ त कुनै बच्चाकै रगतको खराबीका कारण पनि हुन्छ । धेरैजसो आमाको कारण बच्चाको तौल नपुग्ने पनि हुन्छ ।
कतिपय चाँडै वा समय नै नपुगी जन्मिएर हुन्छ । आमालाई डायवेटिज वा अरु कुनै समस्या छ भने पनि बच्चालाई विभिन्न समस्या देखिन्छ । अप्रेशन गरेर निकालेको बच्चा सानै हुन्छ । त्यसैले पनि दूध खान सक्दैन ।

विस्तारै आमाको दूध निचोरेर १ एमएल देखि २ एमएल गरी दिइन्छ । नवजात शिशुलाई एकैपटक पेट भरिने गरी दूध खुवाउन हुँदैन ।
सानो बच्चालाई बढी चिसो लाग्न सक्निे भएकाले ‘कङ्गारु मदर केयर’ उपाय अपनाउनुपर्छ । कङ्गारुको जस्तै गरी बच्चालाई आमाको छातीमा टाँसेर राख्नुपर्छ । त्यसो गर्दा बच्चालाई न्यायो भई उसको तौल बढ्न मद्दत पुग्छ ।
दिसाबपिसाब गर्दा बाहेक अरु समयमा सबै बच्चा केएमसी गरेको नै राम्रो हुन्छ । अप्रेशन गरी बच्चा निकालेको छ भने आमाको दूध नआउन सक्छ ।
त्यो समयमा बच्चालाई विशेष ध्यान दिनुपर्छ । भोकै राख्नुहुँदैन । दूध नखाँदा बच्चाको ग्लुकोज कम हुन्छ, त्यसैले
यस्ता कुरामा अभिभावक सजग हुनुपर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button