शिक्षा स्वास्थसमाचार

बच्चाहरुको लागि विन्टर केयर टिप्स, पढ्नुहोस…

Gobal IME Bank

काठमाडौँ। बाहिर जाडो बढे सँगै हाम्रो दैनिक जीवनमा गर्ने कार्यहरु गर्न पनि हाम्रो लागि गाह्रो हुँदै जान्छ । जाडो मौसमको बेलामा हामीलाई घर भित्र नै सिरक भित्र तातो भएर बस्न मन लाग्छ। तर यतिबेला आमाहरु आफ्नो बच्चाहरुलाई बाहिरको चिसो हावाबाट जोगाउन खोजी रहेका हुन्छन् । भर्खर जन्म भएको बच्चाहरुमा प्रतिरक्षा प्रणालिको विकास भइरहेको हुन्छ । यतिबेला बच्चाहरु संवेदनशील हुन्छन् त्यसैले उनीहरुलाई छिटो रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ । यसको कारण आमाहरु चिन्तामा परिरहेको हुन्छन् ।

तपाई आफ्नो सानो नानी बाबुहरुको यी तरीकाहरु अपनाएर ख्याल राख्न सक्नु हुन्छः

१) बच्चा बस्ने रुम तातो बनाउने
जाडो मौसमको बेलामा तापक्रम घट्ने गर्छ त्यसैले रुमको तापक्रम तातो बनाउनको लागि पोर्टेबल हिटर वा कोठालाई न्यानो बनाउने हिटिङ सिस्टमको प्रयोग गर्ने । हिटरको प्रयोग गर्दा रुममा भएको पानीको बाफलाई हटाएर रुमको हावालाई ड्राइ बनाउँछ । रुमको हावा सुख्खा भए पछि बच्चालाई चिसो लाग्ने सम्भावना कम हुन्छ ।

२) मोइस्चराइजरको प्रयोग गर्ने
बच्चाहरुको छाला संवेदनशील हुन्छ त्यसैले जाडो मौसमको बेलामा हावा रुखो हुने कारण बच्चाहरुको छाला ड्राई हुन्छ त्यसैले राम्रो कम्पनीको मोइस्चराइजर बच्चाहरुको छालामा लगाईदिने । यसो गर्दा बच्चाहरुको छाला ड्राइ हुने र फुट्ने सम्भावना कम हुन्छ ।

३) बच्चाको छालामा धेरै क्रिमको प्रडक्ट प्रयोग नगर्ने
भर्खरै नयाँ आमाबुवा बन्दा आफ्नो बच्चाको लागि राम्रो क्वालिटि भएको क्रिमको प्रडक्टहरु प्रयोग गर्न मन लाग्नु स्वभाविक हो तर यसरी धेरै क्रिमको प्रडक्टहरु बच्चाहरुको छालामा प्रयोग गर्दा उनीहरुको छालामा असर पर्न सक्छ । बच्चाहरुको छालामा लोसन मात्र लगाउँदा पुग्छ । धेरै क्रिम,स्याम्पु ,साबुनको प्रयोग गर्दा छाला झन् ड्राइ हुन्छ त्यसैले यी प्रडक्टहरुको प्रयोग धेरै नगर्ने ।

४) राम्रो सँग मसाज गर्ने
बच्चाहरुको राम्रो सँग वृद्वि र विकासको लागि राम्रो सँग उनीहरुको मसाज दैनिक गर्नु पर्छ । बच्चाहरुको मसाज गर्दा उनीहरुको शरीरमा राम्रो सँग रक्त संचार हुनको लागि मद्दत मिल्छ । यसले अप्रत्यक्ष रुपमा प्रतिरक्षा प्रणालिलाई बुस्ट गर्नको लागि मद्दत मिल्छ । बच्चाको शरीरमा राम्रो क्वालिटिको तेलको प्रयोग गरेर मसाज गर्ने । यदि रुममा नै बसेर मसाज गर्ने भए रुमको तापक्रम तातो बनाएर बच्चाहरुको मसाज गर्ने । बिहानको कलिलो घाँम (१० बजे भन्दा अगाडीको घाममा) राखेर बच्चाहरुको मसाज गर्दा उनीहरुको लागि अझ बढी फाइदाजनक हुन्छ ।

५)गह्रौ ब्लाङ्केटको प्रयोग नगर्ने
बच्चालाई न्यानो बनाउनको लागि राम्रो र भारी खालको ब्लाङ्केटको प्रयोग गर्दा हुन्छ जस्तो लाग्छ तर यसको कारणले गर्दा बच्चाहरु आफ्नो हात चलाउन सक्दैनन् र हात चलाउने प्रयास गर्दा ब्लाङ्केटले मुख छोपिन सक्छ । त्यसैले बच्चाहरुले हात राम्रो सँग चलाउन सक्ने गरी र उनीहरुलाई भारी नहुने किसिमको ब्लाङ्केटको प्रयोग गर्ने । जाडो मौसममा बजारमा फाइबरको ब्लाङ्केट प्रशस्त मात्रमा पाइन्छ ।

६)बच्चालाई सहज हुने गरि लुगा लगाइदिने
धेरै जसो आमाहरुले बच्चालाई न्यानो होस भनेर बाक्लो स्वेटर,पन्जा,मोजा र टोपि लगाईदिएको हुन्छन् तर यसले बच्चालाई चल्न गाह्रो हुन्छ र बच्चामा चिडचिडापन आउन सक्छ । रुमको तापक्रम अनुसार र बच्चालाई गाह्रो नहुने किसिमको कपडा लगाई दिने यसो गर्दा बच्चा राम्रो सँग चल्न सक्छ र राती शान्तसँग सुत्न पनि सक्छ ।

७) रुमलाई न्यानो बनाएर राख्ने
बच्चालाई जाडो महिनाको चिसो हावाबाट जोगाउनको लागि घर र बच्चा सुत्ने रुमलाई न्यानो बनाएर राख्ने । घरको झ्याल र ढोकालाई राम्रो सँग बन्द गरेर राख्ने र बच्चा सुत्ने रुम हावायुक्त र न्यानो बनाएर राख्ने । रुमलाई न्यानो बनाउनको लागि हिटर प्रयोग गरिएको छ भने सुत्नु भन्दा अगाडी हिटरलाई बन्द गर्ने ।

८) भ्याक्सिनलाई स्किप नगर्ने
जाडो महिनाको समयमा बच्चाहरुको प्रतिरक्षा प्रणालि कम भई रहेको हुन्छ जसको कारणले गर्दा उनीहरु छिट्टै इन्फेक्सनबाट संक्रमित हुन्छन् । तर बच्चा बिरामी भइरहेको कारणले गर्दा भ्याक्सिन स्किप भने गर्नु हुँदैन। बच्चालाई ठीक समयमा भ्याक्सिन लगाउनु एकदम नै महत्वपुर्ण कुरा हो । बच्चालाई ठीक समयमा भ्याक्सिन लगाउँदा भविष्यमा उनीहरुको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

९) स्तनपान गराउने
आमाको दुधमा बच्चाको शरीरमा प्रतिरक्षा प्रणालि बुस्ट र बलियो बनाउने र विभिन्न रोगहरुबाट सुरक्षा गर्ने पोषक तत्व र एन्टिबडिजहरु हुन्छ । अरु खानाहरु बच्चाले खान थाले पनि आमाको दुध पनि पिउन दिइरहने । यसबाट बच्चाहरुलाई पोषण प्राप्त भई रहेको हुन्छ र आमाको काखमा बस्दा उनीहरुले न्यानो पनि पाइरहेको हुन्छन ।

१०) बाहिर जाँदा ख्याल राख्ने
बाहिर चिसो कम भएको बेलामा बच्चालाई फ्रेस हावाको लागि लग्न सकिन्छ तर बच्चालाई बाहिर लग्दा टाउको देखि खुट्टा सम्म न्यानो हुने गरी कपडा लगाई दिने त्यसपछि मात्र बच्चालाई बाहिर लग्ने ।

११) बच्चाहरुले खाने आहारमा सुप समावेश गर्ने
बच्चाले नरम किसिमको ठोस पदार्थ खान र पचाउन सक्ने भईसकेको छ भने उनीहरुलाई सुप खुवाउन जाडोको समय एकदमै राम्रो हुन्छ । स्वस्थ सुपले बच्चालाई न्यानो हुन मद्दत गर्नुका साथै उनीहरुलाई विभिन्न पोषक तत्व पनि प्राप्त भई रहेको हुन्छ । सुप बनाउदा कुखुराको मासु मसिनो हुने गरी पिसेर वा भेजिटेबलहरु मिसाएर बनाउने र बच्चालाई खुवाउने । सुपमा अदुवा र लसुन पनि मसिनो हुने गरी काटेर मिसाउने यसले बच्चालाई न्यानो महसुस गराउनुका साथै शरीरमा राम्रो सँग रक्तसंचार हुन्छ ।

जाडो महिना फ्लुको पनि मौसम हो त्यसैले यतिबेला बच्चाको एक्स्ट्रा केयर गर्नु महत्वपुर्ण कुरा हो । बच्चाले आफ्नो ख्याल आफै राख्न सक्ने नहुन्जेल उनीहरुलाई आमाको केयर र सपोर्ट चाहिने हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button