मनोरञ्जनसमाचार

‘बगान’ मार्फत निर्देशनमा खनाल

Gobal IME Bank

काठमाडौँ । अभिनेता सरोज खनालले निर्देशक बन्नुभएको छ । हालै काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको थियो ।

गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र वानिका प्रधानकोस्वर रहेको छ । अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ लगायतको अभिनय रहेको फिल्ममा स्वयम् निर्देशक खनालले समेत अभिनय गर्नुभएको छ ।

सयभन्दा बढी फिल्ममा अभिनय गरिसक्नु भए तापनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिनु भएको थिएन् । पटकथासमेत स्वयम्ले लेख्नुभएको फिल्मको कथा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराउनुभएको कथा सङ्ग्रहबाट ‘बगान’ बाट तयार गरिएको उहाँले जानकारी दिनुभयो । “पुस्तक पढ्ने क्रममा म स्वप्न नीरवजीको कथामा अड्किएँ ।

उहाँले छाड्नु भएको प्रश्नको जवाफ हामीले दिनैपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले पत्रकार सम्मेलनमा भन्नुभयो,“लेखकले आफ्नो दायित्व पूरा गर्नुभयो । उहाँले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लगेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको हुँ । ”
विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको अभिनेतासमेत रहनुभएका निर्देशक खनालले बताउनुभयो । नारायण जिसी र उत्सव दाहालले छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गर्नुभएको हो । फिल्म अगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button