समाचार

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न -GoodNews24

Gobal IME Bank

हेटौँडा, २४ जेठ । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ मा व्यवस्था भएको पुनरावलोकन समितिको रिक्त रहेको सदस्य पदमा काभ्रेकी सम्झना हुमागार्इंको नाम सिफारिस गरेको छ । आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले स्थानीय तहबाट कार्यान्वयन भएका आयोजनाका बाँकी दायित्व व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधन, प्रदेश व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमावली संशोधनलगायत निर्णय गरेको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button