समाचार

बालेनको उच्चस्ततिय भेट, प्रधानमन्त्री देउवा र अध्यक्ष ओली, यस्तो छ रहस्य -GoodNews24

Gobal IME Bank

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । साहले
प्रधानमन्त्री निवास बालुवाटरामा प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले “तपाईले चमत्कार त गर्नु भयो” भन्दै महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका छन ।
‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भने ।
जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए । यो भन्दा अगी नै उनले पुर्वप्रधान मन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गरेका थिए । आज नै बालेनले आफ्नो फेसबुकमा दुवैसंगको भेटका फोटोहरु राख्दै, सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका, यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएको र निकै पछिसम्म पनि रहिरहने छ भन्दै समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथाका रुपमा नलिन पनि भनेका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button