समाचार

नर्भिकमा बालेन, संरचना भत्काउन थप समय -Good News 24

Gobal IME Bank

२४ साउन, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह थापाथलीस्थित नर्भिक अस्पताल पुगि अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउन थप समय दिएर फर्किएका छन । कानुन सबैलाई एक नै हुन्छ भन्दै अनाधिकृतरुपमा बनाइएका सबै संरचना भत्काउन समय म्याद दिएको थियो तर नर्भिक अस्पातलले नटेरे पछि साह दलबल सहित अस्पताल पुगेका थिए । अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो भन्दै, तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो, उनले बताएका छन ।
महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएपनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो ।
मेयर साहले “सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने” बताउनु भयो । आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको, अस्पताललाई मन्त्रीपरिषदले निर्णय गरेर जग्गा लिजमा दिएपनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रीपरिषदले जग्गा अस्पताललाई दिनुपर्ने बताउनु भयो ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहसहितका अधिकारीले उनलाई भाडामा लिएको १ रोपनी ८ आना जग्गामा बनेको संरचनाको भ्रमण गराए । भाडामा लिएको जग्गामा बनेको संरचनाको अस्पतालले नक्सा पास गराएको छैन । त्यसैले महानगरपालिकाले भत्काउनलाई अल्टिमेटम दिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button