समाचार

मेयर बालेनले गरे नेपालभाषामा सपथ ग्रहण -GoodNews24

Gobal IME Bank

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । दौरा सुरुवाल र भादगाउँले टोपीमा सपथ ग्रहण गरेका बालेनले नेपाली भाषामा सकाएर नेपाल भाषामा ब्यहोरा वाचन गर्न पनि भ्याए । यसैसंगै काठमाडौ बासीको मनलाई बुझ्दै उनले नेपाल भाषामा सपथ ग्रहण गरेका छन । उपमेयर सुनिता डङ्गोलले पनि सपथ ग्रहण गरेकी थिइन । सुनिता डङ्गोलको सपथ ग्रहण पश्चात मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । शपथ ग्रहणसंग संगै सबै जना ले आजबाट नै कार्यभार सम्हाल्ने छन ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button