समाचार

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना -Good News 24

Gobal IME Bank

तनहुँ, २१ असार । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो ।
देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button