समाचार

बेवारिसेका लागि भान्छाघर निर्माण-GoodNews24

Gobal IME Bank

लमजुङ, २८ कात्तिक । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका—७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ । आश्रमले यहाँ आश्रय लिइरहेका उनीहरुका लागि सहज बनाउन भान्छाघर निर्माण गरेको हो ।
विसं २०७३ चैत १२ गतेबाट सञ्चालनमा आएको यस आश्रमले ऋण गरेरे साँढे आठ लाख रुपैयाँमा यस भान्छाघर निर्माण गरेको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभयो । हाल २३ जना वेवारिसे सडक मानवले आश्रय लिइरहेका छन । एक स्थानीयको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएपनि सो घर सानो भएकाले सुत्न बस्नलाई समेत समस्या हुँदा खाना बनाउने कोठाको अभाव हुँदा समस्या भएपछि जग्गा भाडामा लिएर जस्ता पाताको छानो राखेर भान्छाघर निर्माण गरिएको आश्रमले जनाएको छ । भान्छाघर साथै एक एक वडा शौचालय, बाधरुम र पानीको धारा समेत निर्माण गरिएको छ ।
यस आश्रम मुठी दान, विभिन्न व्यक्तिले जन्मदिन, विवाहलगायत विभिन्न चाडपर्वको अवसरमा गरेको सहयोगबाट सञ्चालन भइरहेको मानव सेवा आश्रम लमजुङले जनाएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button