समाचार

अबको छलफल सिमा बिवाद- भारतीय विदेश सचिवको नेपाल भम्रण-GoodNews24

Gobal IME Bank

काठमाडौँ — भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका हुन । उनी चार्टड विमानबाट काठमाडौं ओर्लिएका थिए भने उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए । परराष्ट्र सचिव भरतराज पौड्याल कै निमन्त्रणामा नेपाल आएका श्रृंगलाको विदेश सचिव बनेपछि यो पहिलो नेपाल भ्रमण हो । यसै बिच उनले नेपाल भ्रमणका क्रममा बिभिन्न उच्च स्तरिय भेटबार्ता गरेका छन ।
दुई देशबीच एक वर्ष लामो कूटनीतिक तथा राजनीतिक संवादहीनता पन्छाउँदै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँगको एकल तथा सामूहिक भेटवार्तामा परराष्ट्रमन्त्री र सचिवसहितका अधिकारीले नेपालको राजनीतिक नक्साको आधिकारिकता तथा सीमांकन प्रमाणिकताको सरोकार उठाएका छन् ।
विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । साथै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् । बार्तामा दुई देशको आपसी सम्बन्ध र सिमा बिवादका कुरामा छलफल भएका छन ।
सचिवस्तरीय बैठकबारे परराष्ट्र मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा दुई पक्षबीच व्यापार, पारबहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनसम्पर्कलगायतका एजेन्डामा बृहत् छलफल भएको जनाइएको छ । पूर्वसचिव मधुरमण आचार्यका अनुसार विदेश सचिव नियुक्त भएपछिको पहिलो परिचयात्मक भ्रमण भएकाले तत्काल ठूलो अपेक्षा राख्न नमिले पनि लामो समयदेखिको राजनीतिक तथा कूटनीतिक संवादहीनतामाझ कूटनीतिक तहमा कुराकानी सुरु भएको छ । ‘यो आइस–ब्रेक हो, यसले दुई देशबीच अल्झेर बसेका मुद्दामा छलफल अघि बढाउने वातावरण बनाएको छ, विदेश सचिवको परिचयात्मक र शिष्टाचार भ्रमण भए पनि यसमा धेरै सकारात्मक संकेत पाउन सकिन्छ ।’
विदेश सचिव श्रृंगलाले मिडियासँग बोल्दै, ‘द्विपक्षीय सहकार्यबारे अत्यन्त फलदायी र उपयोगी कुराकानी भयो । सहकार्यका निम्ति धेरै विषयमा छलफल गर्‍यौं । यसले हाम्रो बृहत् र बहुपक्षीय सहयोगको आधारलाई देखाउँछ ।’ उनले यसबीचमा नेतृत्व तहबाट व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ निकै प्रगति भएको र यसमा थप पहल लिन सक्नेबारे समेत छलफल भएको जानकारी दिए । विदेश सचिव श्रृंगलाले आफ्ना नेपाली समकक्षी पौड्यालसँग सानो समूहमा छुट्टै भेटवार्ता पनि गरेका थिए । दुई देशबीच संवादहीनताको कारक बनेको नयाँ राजनीतिक नक्सा र सीमा विवादका विषय परराष्ट्रमन्त्री ज्ञवालीसँग भएको विदेश सचिवको ‘एकल बैठक’ मा टड्कारो रूपमा उठेको थियो ।

कांग्रेस नेताहरुसँग भारतीय विदेश सचिवको भेटवार्ता, सीमा विवादमा कुरा भएन :
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए ।विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा सीमित भएको थियो । सभापति देउवाले नेपाली कांग्रेस सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहेको बताउँदै कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए । भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भए यद्यपि सीमा विवादको विषयमा भने कुराकानी नभएको एक नेताले जानकारी दिए ।

दुई हजार भाइल रेमडेसिभिर हस्तान्तरण:

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रूपमा भारतमा उपलब्ध भएपछि नेपाललाई प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा परराष्ट्रमन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटवार्तापछि उनले भारत सरकारका तर्फबाट दुई हजार भाइल रेमडेसिभिरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सभ्यतासँग जोडिएको नेपाल–भारत सम्बन्ध जेजस्तै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको श्रृंगलाले बताएका थिए । यसअघि अगस्ट तेस्रो साता बंगलादेश भ्रमणमा गएका बेला पनि श्रृंगलाले भारतले उच्च प्राथमिकताका साथ कोरोना उपचारको भ्याक्सिन उपलब्धताका आधारमा बंगलादेशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button