समाचार

डेढ महिनामा दुई हजार चार सय ५९ युनिट रगत सङ्कलन-Goodnews24

Gobal IME Bank

गण्डकी- गण्डकी र धौलागिरि क्षेत्र अन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा दुई हजार ४५९ युनिट रगत सङ्कलन भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा भएको बन्दाबन्दीले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि यस क्षेत्रका ५२ क्लबले रक्तदान कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाका रक्त सङ्कलन केन्द्रको प्राविधिक सहयोगमा रगत सङ्कलन गरिँदै आएको लायन्स क्लब अफ ३२५ (विवान) का डिपार्टमेन्ट प्रमुख बालकृष्ण शर्माले जानकारी दिनुभयो । लायन्स क्लब अफ शान्ति स्तूपा चौतारीद्वारा आज पोखरा– १७ स्थित विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ युनिट रगत सङ्कलन भएको छ ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रले सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई प्रतियुनिट रगत रु ५०० र निजी अस्पतालका बिरामीका लागि रु एक हजार लिने गरेको छ । जुन रकम प्रयोगशाला, प्रविधि, जनशक्तिलगायतको खर्च भएको केन्द्रले जनाएको छ । सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमामा रगतलाई पनि समावेश गरिनुपर्नेमा यस क्षेत्रका सर्वसाधारणले जोड दिँदै आएको छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा जेसिजले कुष्ठरोग प्रभावित व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। पोखरा महानगरपालिका–१५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोग प्रभावित वृद्धवृद्धालाई जेसिजले खाद्यान्न सहयोग गरेको हो ।

“कुष्ठरोग पनि कुनै बेला अहिलेको कोरोना भाइरसजस्तै थियो । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा बहिष्कार गरेसरहको अवस्था थियो । पछि औषधि बन्न थाल्यो । हामीले जेसिजकै पहलमा आश्रमको स्थापना गरेका थियाँै”, जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिनुभयो । नेपाल कुष्ठरोग निवारण सङ्घका अध्यक्ष नारायण शर्माले आश्रममा खाद्यान्न तथा स्वास्थ्य सामग्री आवश्यक परेको समयमा पोखरा जेसिजले मर्म बुझेर सहयोग गर्दै आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button