गुड न्यूज 24मुख्य समाचारसमाचार

बिहानै ब्रेकफास्ट गर्नुका छन् धेरै फाइदाहरू… पढ्नुहोस्

Gobal IME Bank

एजेन्सी । हाम्रो हरेक दिनको शुरुवात एक नयाँ अवसरको पनि दिन हो । स्वस्थ शरीरले हामीलाई उर्जा प्रदान गर्दछ र हरेक नयाँ दिनले नयाँ अवसर दिनेहुनाले हामीलाई सो अवसरलाई सहि तरिकाले समाउन र त्यसमा विजयी हाँसिल गर्नको लागि स्वस्थ शरीर आवश्यक हुन्छ । त्यसैले हाम्रो दिनको शुरुवात भनेको हाम्रो बिहानको खाजासंगै हुन आवश्यक हुन्छ ।

बिहानको समयमा आफ्नै काम र दिनभरीको रुटिनले मानीसहरु आफ्नो ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् र धेरैलाई बिहानको ब्रेकफास्ट गर्ने पनि बानी नहुन सक्छ। यस्तो अवस्थामा व्यस्त जीवनशैली र उचित खानपानको कमीका कारण शरीरमा नराम्रो असर पर्छ । अब जानौ बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू…

स्मरण शक्तिमा सुधार
एक पौष्टिक बे्रकफास्टसँगै दिन को सुरुवातले एकाग्रता स्तर र स्मरण शक्ति बलियो बनाउन सक्छ । स्वस्थ मस्तिष्क कार्यका लागि कार्बोहाइड्रेट आवश्यक हुन्छ । यस्तो अवस्थामा, उच्च गुणस्तरको नास्ताले तनाव कम गर्न र दिमाग शान्त राख्न सक्छ ।

मधुमेहको कम जोखिम
नियमित बिहानको बे्रकफास्ट खाँदा मधुमेहबाट पनि हामीलाई जोगाउँछ । नियमित रूपमा बिहानको ब्रेकफास्ट गर्ने मानिसले मधुमेहको जोखिम झन्डै ३० प्रतिशतले कम गर्न सक्ने एक अध्ययनले समेत देखाएको छ ।

स्वस्थ मुटुको लागि
अधिक तौलले उच्च कोलेस्ट्रोल र उच्च रक्तचाप निम्त्याउन सक्छ, जसले हृदय रोग निम्त्याउन सक्छ । तशर्थ स्वस्थ मुटुको लागि अध्ययनका अनुसार बिहानको खाजा नखाँदा भने तौल बढ्न सक्छ ।

ऊर्जा स्तर बढाउँछ
शरीरलाई ताजा र स्फुर्त पारिरहनको लागि यसलाई सन्तुलित आहाराको आवश्यकता पर्दछ । बिहानको खाजाले शरीरलाई ऊर्जा दिन्छ । बिहानै बे्रकफास्ट गर्दा चाँडै भोक लाग्दैन र ऊर्जा रहन्छ। साथै, गतिशील हुनाले तौल नियन्त्रणमा रहन्छ र थकान पनि लाग्दैन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button