शिक्षा स्वास्थसमाचार

ब्रेस्टको बारेमा ८ तथ्यहरु

Gobal IME Bank

काठमाडौँ । ‘ब्रेस्ट’ महिलाहरुको छाती एक प्रमुख अंग हो किनभने यसले बच्चाहरुको लागि दुध उत्पादन गर्ने काम गर्छ । हामी खुलेर महिलाको अंगको बारेमा कुरा गर्दैनौ जसको कारण साधारण तथ्यहरुको बारेमा सुन्दा पनि अचम्म लाग्छ ।

महिलाहरुको आफ्नै शरीरमा भएको यो महत्वपुर्ण अंगको बारेमा उनीहरुलाई पनि थाहा हुँदैन । पढ्नुहोस स्तनको बारेमा साधारण ८ तथ्यहरुः-

१) स्तनको आकार
प्राय व्यक्तिहरुमा महिलाको ब्रेस्टको आकार एक निश्चित आकारको हुनु पर्छ भन्ने मान्यता रहेको छ । यी कारणले गर्दा महिलाहरु आफ्नो ब्रेस्टको आकारको कारण चिन्ता गरिरहेका हुन्छन् । तर स्तन धेरै आकारका हुन्छन् । यदि महिलाहरुले आफ्नो शरीरको एक पट्टिको ब्रेस्टको आकार अर्को भन्दा सानो भएको महसुस गरेका छन् भने यो साधारण कुरा हो र यसको कारणले उनीहरु चिन्तामा पर्नु पर्दैन । महिलाको दुबै स्तन बराबर आकारको कहिले पनि हुँदैन । ब्रेस्टको साइज थोरै कम हुन्छ र यो साधारण कुरा हो ।

२) निप्पलको रङ्ग
महिलाहरु आफ्नो ब्रेस्टको निप्पलको कारण पनि लज्जित महसुस गरिरहेका हुन्छन् र यसको समाधानको लागि उनीहरु चिकित्सककोमा गईरहेका हुन्छन् । छालाको रङ्ग अनुसार निप्पलको रङ्ग हुन्छ । यदि तपाई ब्राउन रङ्गको हुनुहुन्छ भने स्तन पनि ब्राउन रङ्गको नै हुन्छ र गोरो छाला छ भने निप्पलको रङ्ग पिङ्क रंगको हुन्छ । यो कारण महिलाहरुले लज्जित महसुस भने गर्नु पर्दैन किनभने यो साधारण हो र यसलाई बदल्न आवश्यकता पर्दैन ।

३) ब्रेस्ट उमेर सँगै लुज हुँदै जान्छ
जसरी हाम्रो उमेर सँगै छालाहरु लुज हुँदै जान्छ त्यसैगरी उमेरका साथ साथै महिलाहरुको स्तन पनि लुज हुँदै जान्छ र यो कुनै किसिमको समस्या होइन र यसको लागि कुनै पनि किसिमको सर्जरी गर्नु पर्दैन । लुज स्तनको कारणले गर्दा पिडा हुने वा डिकलरेसनहरु देखा नपरे सम्म यसलाई केही गर्नु पर्दैन । यो एजिङको पार्ट हो र साधारण पनि हो ।

४) ब्रेस्टमा हुने रौहरु
महिलाहरु आफ्नो ब्रेस्टको वरीपरी आएको रौ को कारणले गर्दा पनि चिन्तामा परिरहेको हुन्छन् र यसलाई पनि कुनै किसिमको रोग भन्ने ठानिरहेको हुन्छन् । यसलाई हटाउनको लागि विभिन्न उपाय अपनाउनु महिलाहरुको आफ्नो इच्छा हो तर ब्रेस्टको निप्पल एरियोला कमप्लेक्समा आउने रौहरु साधारण हो । महिलाहरुमा टेस्टोस्टेरोन र एन्ड्रोजेन हर्मनको मात्रा पुरुषको भन्दा कम हुन्छ । यो हर्मनले रौको क्वालिटि र क्वानटिटि तय हुन्छ । यसै कारणले गर्दा पुरुषहरुको शरीरमा धेरै मात्रामा रौहरु आउने गर्छन् । पुरुषहरुको जस्तै महिलाहरुको शरीरमा पनि रौ त हुन्छ तर ती कम हुने गर्छन् । कहिले काही महिलाहरुको शरीरका एन्ड्रोजेन हर्मनको मात्रा धेरै हुने गर्छ जसको कारण कुनै कुनै महिलाहरुको शरीरमा रौ बढी मात्रामा हुने गर्छ । त्यसैले ब्रेस्टमा रौ हुनु साधारण हो तर अचानक रौ धेरै मात्रामा आयो भने डाक्टरकोमा जाने ।

५) इरेक्ट र इनभर्टेट निप्पल
इरेक्ट निप्पल साधारण अवस्थामा पनि हुने गर्छ । महिलाहरुलाई चिसो लागेको बेलामा,अराउजल महसुस भएको समयमा र टिनेज र किशोर अवस्थामा निप्पल इरेक्ट हुने गर्छ र यो साधारण हो यसको कारणले गर्दा लज्जित वा चिन्ता भने गर्नु पर्दैन । कुनै समयमा निप्पल लामो समय सम्म इरेक्ट भइरहेको हुन्छ । यसो केही गडबड भयो कि भनेर महिलाहरु डराई रहेको हुन्छन् तर डराउनु पर्दैन किनभने यो नर्मल परिस्थिति हो । यसको कारणले गर्दा लज्जित महसुस भई रहेको छ भने प्याडेड ब्रा लगाउँदा हुन्छ । इनभर्टेट निप्पल धेरै जसो महिलामा हुन्छ र यो पनि साधारण कुरा हा । यसमा समस्या सिर्फ बच्चालाई स्तनपान गराउने बेलामा हुन सक्छ र यसको उपाय आमालाई थाहा हुन्छ ।

६) स्ट्रेच मार्क
ब्रेस्टमा हुने स्ट्रेच मार्क नर्मल हो । जसरी हामी कुनै बेला मोटाउछौ र दुब्लाउछौ त्यस पछि हाम्रो शरीरमा स्ट्रेच मार्क आउँछ त्यसैगरी महिलाहरुको ब्रेस्ट शरीरको अरु भागको छाला भन्दा ४, ५ गुणा तन्किन्छ । त्यसैले प्राकृतिक रुपमा ब्रेस्टमा पनि स्ट्रेच मार्क हुने गर्छ ।

७) ब्रेस्ट वरिपरिको भएको एरियोलाको आकार फरक फरक हुन्छ
ब्रेस्ट वरिपरिको ब्राउन कलरको एरियालाई एरियोला भनिन्छ । यसको आकार सानो ठुलो धेरै किसिमको हुने गर्छ । यदि महिलाको तौल बढेको छ भने ब्रेस्टको साइज पनि बढेको छ भने एरियोलाको आकार पनि बढ्ने गर्छ । महिलाहरुमा तनाव हुँदा र चिसो वातावरणमा जाँदा केही दिनको लागि एरियोलाको आकार सानो हुने गर्छ । यसको कारण डराउनु भने पर्दैन ।

८) ब्रेस्ट पेन
महिलाहरुको महिनावारी भईरहेको समयमा ब्रेस्ट हेभी वा ब्रेस्टमा पिडा हुने गर्छ र यो नर्मल कुरा हो । पिरियड साइकलको क्रममा र ओभ्युलेसनको समयमा ब्रेस्ट भारी भएको वा पिडा भएको महसुस हुन्छ । यो २,३ दिनमा आफै नै ठिक हुने गर्छ । कहिले काँही पिरियड हुनु भन्दा अगाडी पनि यस्तो हुने गर्छ । तर यदि ब्रेस्टमा पीडा धेरै भई रहेको छ , पीडा हुनुका साथै ब्रेस्टमा गाँठो आएको छ भने वा पीडा सँगै ब्रेस्टबाट कुनै पनि किसिमको तरल पदार्थ निस्किरहेको छ भने तुरुन्त डाक्टरकोमा जाने ।

डा. तनुश्री पाण्डे
प्रसूति विशेषज्ञ तथा गाइनोकोलोजिस्ट

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button