समाचार

नारायणगढ-बुटवल सडक ४ लेन बनाउदै

Gobal IME Bank

nawal parasi

२७ कार्तिक,नवलपरासी — महेन्द्र राजमार्गमा पर्ने बुटवल नारायणगढ सडक खण्ड बिस्तार गरि ४ लेनको बनाउन ४६ हजार २ सय ९४ हजार रुख काट्न वन मन्त्रालयले अनुमति दिएको छ । २५ गते वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई पत्र पठाएर सडक फराकिलो पार्न रुख कटान गर्न आवश्यक रहेको भनेपछि सोही परिमाणको रुख काट्ने अनुमति दिइएको हो । त्यसबाहेक महेन्द्र राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप ३ हजार ७ सय ६ वटा रुख काट्ने अनुमतिका लागि निकुञ्जले प्रक्रिया अघि बढाइसकेको बुटवल नारायणगढ सडक पूर्वि खण्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिए । अनुमतिलगत्तै सडक निर्माण अघि बढ्ने भएको छ साथै दायाँबायाँ पर्ने विद्युत्‌का २४ सय वटा पोल हटाउन पर्ने भएकाले त्यसका लागि पनि टेण्डरको प्रक्रिया सुरु भएको छ । सडक निर्माणको जिम्मेवारी पाएको चाइनीज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले (सिएससिईसी) रुख काटेर चाँडो काम गर्ने जानकारी दिएको छ ।

कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट नवलपरासीको पूर्व तर्फको सडक बिस्तार गर्ने काम सुरु गरिएको हो । गैंडाकोटबाट दाउन्नेसम्म पहिलो खण्डमा काम सुरु गरिएको हो । ११४ किलोमिटर सडक खण्डको काम दाउन्ने-गैंडाकोट खण्ड र दाउन्ने-बुटवल खण्ड गरी दुई समूहमा बाँडेर एकैचोटी काम सुरु गरिएको हो ।

अहिले २ लेनको सडक दायाँबायाँ पर्ने २४ सय विद्युत्‌ पोल हटाउँदा दीर्घकालसम्मका लागि समस्या नआउने गरी प्राधिकरणले ३३ केभी र ११ केभीका ५ वटा सर्किट बनाएर काम अघि बढाउन ५२ करोड लागत अनुमान मूल्यांकन गरेर पठाइएको नेपाल विद्युत प्राधिकरण कावासोतीका प्रमुख मधुसुधन यादवले जानकारी दिए ।

वन मन्त्रालयले जंगल क्षेत्र पर्ने थुम्सी, कावासोती, चोरामारा, अरुणखोला, दाउन्ने, सुनवल क्षेत्रमा सडक क्षेत्रमा पर्ने रुख कटानको कामका लागि ढिलाइ गरिरहेको छ । बुटवल सडक आयोजना पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले ,सडक क्षेत्रमा पर्ने रुख कटान गर्ने र बिजुलीका पोल सार्ने काममा मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए । उनले ती दुवै मन्त्रालयले जति छिटो काम गर्ने अवस्था बनाइदिन्छन् त्यति चाँडो सडक निर्माण काम धमाधम बिस्तार हुने जनाए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button