समाचार

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए – Good News 24

Gobal IME Bank

रुपन्देही । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए ।

सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उहाँसँग सम्पर्कमा आएकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । “परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ । अब बालकहरू आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ”, प्रमुख केसीले भन्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button