समाचार

११० क्यान्सरपीडितलाई आर्थिक सहयोग -Good News 24

Gobal IME Bank

कर्णाली, २८ असार ।  जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८-७९ मा ती बिररामीलाई जनही रु १० हजारका दरले रु ११ लाख उपलब्ध गराएको हो ।
सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।
“क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहोर्याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button