मनोरञ्जनसमाचार

‘छक्का पन्जा-४’: दुई दिनमै ३ करोडभन्दा बढी कमाइ, मल्टिप्लेक्स चेनमा समेत शो थपियो

Gobal IME Bank

काठमाडौं । दीपक र दीपाको चलचित्र ‘छक्का पन्जा-४’ ले दर्शकहरुको राम्रो माया पाएको छ । बक्स अफिसमा निकै आश्चर्यचकित कमाइ गरिरहेको चलचित्रले दुई दिनमा ३ करोडभन्दा बढी कमाइ गरेको बताइएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले १ करोडमाथिको ओपनिङ गरेको थियो । चलचित्रले राम्रो कमाइ गरेको हुनाले मल्टिप्लेक्स चेनमा समेत शो थप गरिएको छ ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको जोडदार अभिनय रहेको छ।

हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रको कथा भने दीपकराज गिरी आफैले तयार पारेका हुन्। दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता भने केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button