अन्यगुड न्यूज 24समाचार

चाणक्य नितिः सफल जीवनको नियमहरु…

Gobal IME Bank

काठमाडौँ । आचार्य चाणक्य जो कौतल्य र बिष्णुगुप्तको नामले पनि चिनिनु हुन्छ उहाँ लेखक, शिक्षक, अर्थशास्त्री र शाही सल्लाहकार हुनुहुन्थ्यो । उहाँले सिकाएको जीवनबारे र राजनितिबारे विभिन्न पाठहरु अहिलेको जेनेरेसनको मानिसहरुले अझै पनि आफ्नो जीवनमा अपनाउन प्रेरित गर्नु भएको छ ।

चाणक्य निति जीवनको बारेमा सिक्नुपर्ने सबै पाठ भएको पुस्तक हो । यो पुस्तकले हाम्रो जीवनको कुनै पनि क्षेत्रमा मद्दत गर्छ करियर, लक्ष्य, साथीभाई , परिवार यस्ता कुनै पनि विषयको बारेमा हामीले यो पुस्तक पढेर आफ्नो समस्याको समाधान निकाल्न सक्छौ ।

चाणक्यको किताबमा उल्लेख गरिएको सफल जीवनको शुत्रहरु हामीले सिक्यौ भने जीवनमा हामी खुसी रहन सक्छौ र हामीलाई सफलता प्राप्तिको लागि मद्दत पाउन सक्छौ ।

१) शिक्षा तपाईको सबैभन्दा मिल्ने साथी हो
चाणक्यले सधै शिक्षालाई आफ्नो जीवनमा सबै भन्दा बढी महत्वपुर्ण स्थान दिनु भएको थियो । उहाँको अनुसार हामीले शिक्षाको मद्दत बाट जीवनमा प्राप्त गरेको उपलब्धिलाई कहिल्यै पनि गुमाउदैनौ र शिक्षाको माध्यमबाट प्राप्त भएको कुनै पनि कुरा जीवनभर हाम्रो साथमा रहन्छ । शिक्षाबाट प्राप्त गरेको ज्ञान सधै हाम्रो साथमा रहन्छ र जरुरत पर्दा हाम्रो काम पनि लाग्ने छ ।

चाणक्य भन्नुहुन्छ लक्ष्य प्राप्त गर्ने एउटा मात्र बाटो हुन्छ र त्यो हो शिक्षा । शिक्षाले लक्ष्य प्राप्तिको लागि हामीलाई प्रेरित गर्ने गर्छ । जति धेरै हामी आफ्नो लक्ष्यको बारेमा ज्ञान लिन्छौ त्यति नै हामीलाई सफलताको लागि मद्दत मिल्छ । हामीले शिक्षालाई लामो समयको लागि गरेको लगानिको रुपमा हेर्नु पर्छ ।

चाणक्य भन्नु हुन्छ कलियुगको समयमा हामी समय सँगै बदलिन सकेनौ भने सफतलाको प्रतिस्पर्धामा हामी पछाडी पर्छौ । हामीले सफलता प्राप्त गर्नको लागि मिहेनतको साथै बुद्धिको पनि प्रयोग गर्नु पर्छ ।

चाणक्य भन्नु हुन्छ जो व्यक्तिले आफ्नो कर्ममा विश्वास गर्छ उसलाई सफलता अवश्य प्राप्त हुन्छ ।

२) कामको तुलना कहिल्यै नगर्ने
यस पश्चात चाणक्य भन्नुहुन्छ मनुष्यले कहिले पनि अरु सँग आफ्नो कामको तुलना गर्नु हुदैन । किनभने समय सधैँ एकैनासको हुँदैन र सबैले कुनै न कुनै समय मौका पाउने छन् । हामीले उखान पनि सुनेको होला सुर्य र चन्द्रमा आ–आफ्नो समयमा आकाशमा चम्किने गर्छन् ।

३)योग्यता र ताकत
हरेक व्यक्तिले आफ्नो ताकत र योग्यता अनुसारको काम गर्नु पर्छ । यी दुई कुराहरुलाई नजरअन्दाज गर्दा हाम्रो मिहेनत बेकार हुन्छ । योग्यता बिना ताकतको मात्र प्रयोग गरि काम गर्दा असफलता प्राप्त हुने सम्भावना बढी हुन्छ ।

४) असफलता सँग डराउनु हुदैन
चाणक्य भन्नु हुन्छ धेरै मानिसहरु असफलताको डरको कारणले गर्दा प्रगति गर्न सक्दैनन् । जीवनमा सफलता प्राप्त गरेर खुसी हुनको लागि असफलताबाट पाठ सिक्ने र अगाडी बढ्न सिक्नु पर्छ ।

५) समय व्यवस्थापन
चाणक्य भन्नु हुन्छ जो व्यक्ति आफ्नो काम समयमा नै पुरा गर्छ त्यस व्यक्तिले जीवनमा सफलता प्राप्त गर्छ । जो व्यक्तिले आफ्नो कार्य समयमा नै पुरा गर्छ त्यो व्यक्तिलाई सफलता मिल्ने गर्छ ।

६) लाज नमान्ने
चाणक्य भन्नु हुन्छ हामीले तीन कार्यहरु गर्दा कहिले पनि लाज मान्नु हुदैन । कुनै कुरा सिक्दा, कुनै पनि बिजनेस डिल गर्दा र खाना खाँदा हामीले कहिले लाज मान्नु हुदैन ।

७) विनम्र बोली
चाणक्य भन्नु हुन्छ जो व्यक्तिको विनम्र बोली छ उसले जिवनमा ठुलो सफलता प्राप्त गर्छ । मानिसहरुलाई विनम्र बोली भएको व्यक्तिहरु मन पर्छ त्यसैले सबै विनम्र पुर्वक बोल्ने गर्नु पर्छ ।

८) स्वास्थ्यको ख्याल राख्ने
हामीले गुमाएको साथी , पैसा सबै कुराहरु पुनः प्राप्त गर्न सक्छौ तर स्वास्थ्य र शरीर गुमाएपछि हामीले पुनः प्राप्त गर्न सक्दैनौ त्यसैले हामीले स्वास्थ्यको राम्रो सँग ख्याल राख्नु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button