गुड न्यूज 24सफल कथासमाचार

कसरी बन्यो चौधरी ग्रुप मल्टी बिलियन कम्पनी ?

Gobal IME Bank

काठमाडौँ । बिनोद चौधरी उद्योगपति, राजनितिज्ञ र समाजसेवी हुनुहुन्छ । बिनोद चौधरी पहिलो नेपाली बिजनेस मेन हुनुहुन्छ जो फोबर्स बिलनियरको लिस्टमा प्रवेश गर्न सफल हुनु भएको थियो । फोबर्सले दिएको जानकारी अनुसार बिनोद चौधरीको अनुमानित कुल सम्पत्ति १.५ बिलियन डलर रहेको छ । बिनोद चौधरीको जन्म वि.सं २०१२ वैशाख १ गते भएको थियो । उहाँ नेपालको प्रतिष्ठीत कम्पनीको अध्यक्ष हुनुहुन्छ जसले वाई वाई चाउचाउको उत्पादन गर्छ ।

बिनोद चौधरीको हजुरबुवा भुरामल चौधरी १९ औँ शताब्दीमा भारतबाट नेपालमा बसाइ सर्नु भएको थियो । उहाँ २० वर्षको उमेरमा नेपाल आई कपडाको व्यापार सुरु गर्नु भएको थियो । वि.सं १९३४ को महाभुकम्प पछि भुरामल चौधरीले औपचारीक रुपमा दर्ता गरि कपडाको व्यापारको सुरुवात गर्नु भएको थियो । नेपालमा दर्ता गरेको कम्पनी चलाउने चौधरी पहिलो व्यक्ति हुनुहुन्थ्यो । बिनोद चौधरीको बुवा लुनकरण दास चौधरीले आफ्नो बुवाको निधन पछि २३ वर्षको उमेर देखि कपडा व्यवसायलाई निरन्तरता दिनु भएको थियो । व्यवसायलाई निरन्तरता दिनुका साथसाथै उहाँले विराटनगरको जुटलाई अमेरिका र युरोपमा पनि निर्यात गर्न सुरु गर्नु भएको थियो । त्यतिबेला नेपालको व्यापार भारत सम्म मात्र हुने गरेको थियो । आफ्नो बिजनेसलाई अझ राम्रो बनाउन लुनकरण दासले कोरिया र जापानबाट राम्रो कपडाहरु आयात गरि व्यापार गर्न थाल्नुभयो ।

वि.सं १९६८ मा लुनकरण दासले आफ्नो सबैभन्दा सफल व्यवसाय खुद्रा भण्डार अरुण इम्पोरियमको स्थापना गर्नु भएको थियो । नेपालमा राम्रो व्यापारको स्कोप देखे पछि लुनकरण दासजीले अरु थुप्रै कम्पनिहरुको सुरुवात गर्नु भयो जस्तैः वि.सं १९६८ मा अरुण इम्पोरियम, वि.सं १९७० मा युनाइटेड बिल्डर्स, १९७३ मा पशुपति बिस्कुट, १९९१ म राहुल एक्सिम ट्रेडिङ प्राइभेट लिमिटेड इत्यादि । यस्ता अरु पनि थुप्रै कम्पनीको स्थापना उहाँले गर्नु भएको थियो जसको कारणले गर्दा लुनकरण दास चौधरीलाई नेपालको ‘ फादर अफ इन्डस्ट्रियल रेभोल्युसन ’ भन्ने गरिन्छ । बिनोद चौधरीले आफ्नो बुवालाई मुटुको रोग लागेको र व्यवसायलाई अगाडी बढाउन असक्षम भएको थाहा पाए पछि १८ बर्षको उमेरमा व्यवसायमा प्रमुखको रुपमा प्रवेश गर्नु भएको थियो । लुनकरण दासको निधन ९४ बर्षको उमेरमा भएको थियो जुन समयमा बिनोद चौधरी आफ्नो दुई भाइहरु सँग मिलेर चौधरी ग्रुपको संचालन गरिरहनु भएको थियो ।

एक दिन बिनोद चौधरीले थाइल्यान्डबाट ठुलो ठुलो बक्सहरु आयात भईरहेको देख्नुभयो र त्यो बक्समा इन्सटेन्ट नुडल्स रहेको पत्ता लगाउनु भयो । त्यस पछि उहाँले थाइल्यान्डमा रहेको थाइल्यान्ड फुड प्रिजर्भ फ्याक्ट्रिमा गएर सँगै काम गर्ने प्रस्ताव राख्नु भयो । नेपालको गरिबीको कारणले गर्दा त्यो कम्पनीले सँगै काम गर्न मानेन तर बिनोद चौधरीको उत्साह देखेर त्यस कम्पनीले उहाँलाई त्यस्तै इन्सटेन्ट नुडल्स बनाउन सिकाइ दिएको थियो । त्यसपछि नेपालमा वाई वाई नुडल्सको उत्पादन सुरु भएको थियो । वाईवाई सफल मात्र नभई मल्टि मिलियन र मल्टि न्यास्नल रुपमा नै सफल हुन गयो । वाई वाई उत्पादन गर्ने नेपालमा ४ वटा, भारतमा ६ र बंगलादेश, काजकस्तान र सर्गियामा यसको प्लान्टहरु पनि रहेको छ । आफ्नो पिताले जस्तै आफ्नो बिजनेसको विविधिकरण गर्न बिनोद चौधरीले सिंगापुरमा सि इनोभेसन ग्रुपको स्थापना गर्नु भएको छ र यो एउटा मात्र यस्तो मल्टिन्यास्नल कम्पनी हो जसको मल्टि डाइमेन्सन बिजनेस अप्रोच छ । यो ग्रुपको विभिन्न होटेल, रिसोर्ट, वाइल्ड लाइफ टुरिज्म, फुड एण्ड बिभरेज, रियल इस्टेट सिमेन्ट र फाइन्यान्सिङ इत्यादि । बिनोद चौधरीले १९९५ मा दुबईमा रहेको नबिल ब्याङ्कको कन्ट्रेलिङ स्टेक पनि खरिद गर्नु भएको थियो ।

बिनोद चौधरीजीले नेपाललाई अन्तर्राष्ट्रिय मार्केटमा चिनाउनुका साथसाथै उहाँ नेपालको पहिलो बिलिनियर पनि हुनु हुन्छ । उहाँ फोब्र्सको बिलिनियरको लिस्टमा १९२९ स्थानमा पर्नु भएको छ । चौधरी ग्रुपको अहिले १०० वटा भन्दा बढी कम्पनीहरु छन् र यो अर्बौ लगानि भएको मेगा संगठन हो । चौधरी ग्रुपले व्यापार व्यवसायको साथ साथै धेरै च्यारिटिहरु पनि दिने गरेको छ जसको कारण बिनोद चौधरीले फिल्यानथ्रोफिस्टको अवार्ड पनि प्राप्त गर्नु भएको छ ।

नेपाली जनताको हितमा लागेको संगठनहरुलाई पनि सिजीले फडिंग दिने गरेको छ । पुरानो र स्थिर पब्लिक रिलेसनको कारणले गर्दा पनि सिजी सफल हुन सकेको हो । चौधरी ग्रुपको धेरै संघर्ष नदेखिए पनि जुन रिस्क सिजीको अध्यक्ष लिनु भएको थियो त्यो साधारण व्यक्तिले लिन सक्दैन ।

चौधरी ग्रुप नेपालको नम्बर १ कर्पोरेट हाउस हो यो नेपालको पहिलो मल्टि न्यास्नल कम्पनी पनि हो । यो कम्पनीले नेपालमा सबैभन्दा धेरै कर तिर्ने गर्छ भने यसले ३० वटा देशहरुमा ४० भन्दा बढि प्रडक्टहरु उत्पादन गर्ने गरेको छ । सिजीको नेपालको पहिलो एकिकृत इन्डस्ट्रियल पार्क पनि छ र यो कम्पनीले ७००० भन्दा बढी व्यक्तिहरुलाई रोजगारी दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button