समाचारसूचना प्रविधि

के हो चेक बाउन्स? यस्ता छन् कानुनी प्रक्रियाहरु

Gobal IME Bank

एजेन्सी । चेक एक किसिमको आदेश पत्र हो जसको माध्यमबाट बैकंबाट रकम निकाल्न र डिपोजिट गर्न सकिन्छ । मोबाइल बैकिंकको प्रयोग धेरै भए तापनि चेकको कारोबारमा कमी आएको छैन । भाडा तिर्न, विभिन्न बिल वा व्यवसायिक कारोबारमा चेकको नै प्रयोग भइरहेको हुन्छ । धेरै नगद रकम बोकेर हिड्दा चोरी हुने डरको कारण पनि मानिसहरु चेक बोकेर हिड्ने गर्छन् । चेक मार्फत गरिने कारोबार सुरक्षित हुने कारणले गर्दा पनि यसको प्रयोग धेरै गर्ने चलन छ ।

विश्वमा आधुनिकता बढे सँगै नेपालमा पनि सुचना प्रविधि र अन्य क्षेत्रमा विकास भएको देख्न सकिन्छ । आर्थिक कारोबारको लागि सुरक्षित मानिने बैंकिंग प्रणालिको वृदि सँगै बैकिंग कसुरको घटनामा पनि वृदि भइरहेको छ । सुचना प्रविधिको उपयोग गरि अन्तराष्ट्रिय रुपमा संजाल तयार भइ बैकिंग कसुरको प्रभाव बढ्न थालेको छ । नेपालमा हुने विभिन्न बैकिंग अपराध मध्ये एक हो चेक बाउन्स यो पछिल्लो समय नेपालमा बढ्दै गएको आर्थिक अपराध हो ।

व्यवसायिक कारोबारको क्रममा, लेनदेनको कारोबार मिलाउन चेक लिने दिने प्रचलन बढेको छ । भौतिक रूपमा रुपैयाँ–पैसाको कारोबार गर्दा सुरक्षा जोखीमसमेत हुने भएकाले चेकको प्रयोगमा व्यापकता आएको हो ।

चेक बाउन्स अथवा चेक अनादर भनेको के हो ?

भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यसलाई ‘चेक बाउन्स’ भनिन्छ । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । एउटै चेक धेरै पटक बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसुरका रुपमा लिइन्छ । आफ्नो खातामा रकम नभएको वा पर्याप्त नरहेको जानकारी हुँदाहुँदै कुनै व्यक्तिलाई चेक दिई त्यस्तो चेक भुक्तानीका लागि पेस हुँदा नसाटिएमा चेक अनादर गर्न मिल्ने व्यवस्था रहेको छ ।

एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउने सम्मको सजाय हुन सक्छ । बैङ्कले पर्याप्त रकम नभएको जानकारी सहित अनादर गरेपछि कानुनी उपचार खोज्ने विधि बैकिंग कसुर तथा सजाय ऐन अनुसार २०६४ अन्तर्गत कानुनी प्रक्रियामा जान सकिन्छ । यस्तो कसुरमा विविमयपत्र ऐन अनुसार भुक्तानी पाउने व्यक्तिले चेकमा उल्लिखित रकम र ब्याजसमेत पाउने व्यवस्था छ । कसुरमा तीन महिनासम्म कैद समेत हुन सक्ने उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी दिने गर्छ । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि बैकंमा आयो र त्यस समयमा पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी दिने गर्छ ।

हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्ने गर्छ । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैले जानकारी दिने गर्छ । तीनपटक सम्म चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी दिन सक्छ ।

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैनन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button