अन्यशिक्षा स्वास्थसमाचार

आमाबुवाले बच्चालाई कहिल्यै पनि नभन्नुस् यी कुरा – GoodNews24

Gobal IME Bank

कुनै पनि अभिभावक बच्चाको बारे नराम्रो अवश्य सोच्दैनन् । बुवाआमा बच्चाको पहिलो शिक्षक हुन । त्यसैले बच्चाहरुसंग के भन्न हुने के भन्न नहुने वारे अभिभावकले ध्यान दिनु अति आवश्यक छ । हामीले बच्चा प्रति ख्याल गर्ने तरिका सहि छ जस्तो लाग्छ तर कहिलेकाही त्यस्तो हुदैन हामीले जानेर या अन्जानमा गलत कुरा बच्चालाई भनिरहेका हुन्छौ र यो थाहापनि पाउदैनौ कि, हामीले राम्रा भनेर बच्चालाई सुनाएका कुराहरु बालबालिको आत्मविश्वास कमजोर हुन्छ ।

बच्चालाई जहिले पनि हाँसी खुसी राख्ने प्रयास गर्नुहोस् । कुनै कारण बच्चा रिसायो भने फकाउनकोलागि बिभिन्न उपाय अपनाउनुस् । दिक्क लाग्यो भन्दैमा बच्चासँग रिस नपोख्नुहोस् । बच्चाले तपाईलाई सताई रहेपनि उसले जानेर गरेको हुँदैन् । बच्चालाई व्यक्त गर्न नहुने केही महत्वपूर्ण कुराहरु हामीले तल उल्लेख गरेका छौँ ।

-“हामी त्यो किन्न सक्दैनौं ।”
जब तपाईंको बच्चाले तपाईंलाई नयाँ खेलौनाको किन्नको लागि जिद्दी गर्छ तव हामी सिधा भन्छौ पैसा छैन, त्यो महँगो छ, हामी किन्न सक्दैनौ” । बच्चालाई यसो भन्नु कदापि उचित हुन्न यसले बच्चामा खिन्नता ल्याउँछ । त्यसो गर्नाले बच्चाले यो सन्देश पाउछ कि तपाइँ गरिव हुनुहुन्छ जुन बच्चाहरूको मानसिक स्थितिमा घातक बन्न सक्छ । यदि तपाईंसंग बच्चाको माग पुरा गर्ने क्षमता छैन भने पनि उस्तै विचार व्यक्त गर्न वैकल्पिक मार्ग छनौट गर्न सक्नुहुन्छ, जस्तै, “हामी त्यो किन्न सक्दैनौं किनकि हामी अझ त्यो भन्दा महत्त्वपूर्ण चीजहरूको लागि पैसा बचत गर्दैछौं ।” यदि बच्चा अझै जिद्दी गर्छ भने, अहिले पैसा ल्याएको छैन अर्को पटक फेरी आएर किनिदिने सान्त्वना दिन सक्नुहुन्छ ।

– धेरै प्रशंसा नगर्नुहोस्र ।
अनुसन्धानले देखाएको छ कि “एकदम राम्रो गरेउ ” वा “तिमी चलाख छौ ” जस्ता सामान्य वाक्यांश पटक पटक बच्चालाई भनिरहदा उसले आफ्नै प्रेरणाको सट्टामा तपाइँको स्पस्टिकरणमा निर्भर हुन्छ मतलव उनीहरु तपाइले राम्रो नभन्दासम्म राम्रो गरे भन्ने कुराको बिस्वास गर्दैनन् । उनीहरुले कुनै कुरा सहि ढंगले गर्न नसकेको अवस्थामा पनि हरेकचोटि तपाइको प्रशंसाको प्रतीक्षा गर्न थाल्छन । यसले बच्चाको आत्मविश्वासमा कमि ल्याउँछ ।

– तिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिएँ ।
बच्चालाई आफू बच्चा हुँदा क्षमतावान थिएँ, तिमी अझै यस्तो छौ भनि तुलना गर्नु सबैभन्दा ठूलो भूल हो । आफू बच्चा हुँदाका कमजोरी र आफूले आमाबुबालाई दिएका दुःख बारेमा पनि सम्झनुहोस् । यस्ता कुराले बालबालिकाको आत्मविश्वास कमजोर हुन्छ ।

– “छिटो गर !”
बच्चा अवस्था शारीरिक रुपमा पूर्ण बिकाश भइ नसकेको अवस्था भएकाले उनीहरु हरेक कुरामा ढिला हुन्छन जस्तै बोल्ने,खाने, हिड्ने र अन्य क्रियाकलापमा । स्कूल जानकोलागि ढिला भयो भनेर हतार गर्न लगाउने,उसलाई अगाडि बढ्न दबाब दिंने गर्दा बच्चा हड्बडाउने र बच्चाको मस्तिस्कमा थप तनाव सिर्जना हुन्छ । यसले तपाइको बच्चालाई चलाख बनाउने भन्दापनि दिमागमा दुविधा सिर्जना गर्न सक्छ ।

– “तिमीले मलाई सारै दुःख दियौ ।”
अभिभावकको इच्छाविपरित गएर कतिपय बालबालिकाले आमाबुबाको भावनामा चोट पुर्याउछन् । तर बालबालिकाको अत्यधिक आलोचना गर्दा उनीहरुलाई मानसिकरुपमा असर पर्न सक्छ । अबोध बालबालिकाले जे पनि गर्न सक्छन । उसको बानीलाई लिएर अत्यधिक आलोचना गर्दा उसले अपराध बोध गर्न सक्छ । बालबालिका सानै भए पनि आफ्नो निर्णय गर्न छुट दिनु जरुरी छ ।

– “बल्ल ठिक भयो । “
वालापन आफैमा सहज अवस्था होइन यति बेला बच्चाहरुमा छुट्टै समस्या हुन्छन्,यो प्रत्येक अभिभावकले बुझ्नु पर्ने कुरा हो । कतिपय बच्चाहरु सानो सानो कुरामा झगडा गर्ने रुने चिच्याउने गर्छन् । उनीहरुले खोजेको चाहेको कुरा बुझ्ने कोशिस्र गरेर सम्झाउने गर्नु पर्दछ । बच्चा रोइरहेको या उसलाई कुनै कुराले दुःख दिइरहेको अवस्थामा “तलाई त यस्तै हुनुपर्छ बल्ल ठिक भयो” जस्ता शब्द प्रयोग गर्नु हुदैन । यसो गर्दा बच्चा झन् जिद्दी हुने र हिनताबोध महशुस गर्छन र मानसिक रुपमा यसको नकारात्मक प्रभाव पर्न सक्छ ।

– “होशियार होउ ।”
बच्चाहरू आफ्नो ख्याल आफै राख्न सक्दैनन् । यो अवस्थामा बच्चाहरु जे नगर भन्यो त्यहि गर्ने र जे नगर भन्यो ध्यान त्यसमा दिने खालका हुन्छन । त्यसैले बच्चा खेलिरहेको अवस्थामा होसियार होउ भनेर दवाव दिनु भन्दा उसको तरिकाले खेल्न दिनु उचित हुन्छ । यदि तपाइलाइ बच्चाको खतराको महशुस हुन्छ भने बच्चा खेलेको ठाउँ नजिक बस्न सक्नुहुन्छ ता कि बच्चालाई समस्या भएमा तपाइँ सहयोग गर्न सक्नुहोस्र ।

– “तिमीले सक्दैनौ म गर्छु । ” 
बच्चाहरु हेरेर भन्दा पनि बढी गरेर सिक्छन । बच्चालाई हेरेर सिक्न लगाउनु र यसरी सिकेको सिकाइ प्रभावकारी पनि हुदैन । त्यसैले सिकाउँदा बच्चालाई उसले चाहेको खण्डमा आफै गर्न दिनुपर्छ । बच्चाले धेरै गल्ति गर्न सक्छ तर उसले गल्तिबाट पनि सिकिरहेको हुन्छ । त्यसैले अभिभावकले तिमीले सक्दनौ म गरिदिन्छु जस्ता वाक्य प्रयोग गर्नु हुदैन ।  यसो गर्दा बच्चाले छिटो सिक्न सक्दैन साथै उसको स्वतन्त्रता हनन हुने र मैले केहि गर्न नसक्दिन रैछु भन्ने हिनताबोध हुन सक्छ । प्रयास गरि राख्नाले चलाख बनाउँछ

गुड न्यूज 24 
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् …

[irp posts=”3194″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button