समाचार

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै -Good News 24

Gobal IME Bank

असार २४, काठमाण्डौँ ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन । आफ्नो ४ दिने भ्रमणका लागि लिउ आईतवार नेपाल आइपुग्ने छन । नव नियुक्त लिउले पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका हुन । उनको भ्रमणबारे औपचारिक जानकारी दिइएको छैन तर उनी नेपाल भ्रमण आउने चाँही निश्चित छ । उनको भ्रमण ४ दिनको रहनेछ भने भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नी प्रसाद सापकोटासँग भेट गर्ने निश्चित भएको छ ।
यो भ्रमण चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिन्छ भन्ने संकेत रहनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button