समाचार

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच वार्ता-GoodNews24

Gobal IME Bank

९ जेठ ग्वान्जाउ । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ । हाल चीनको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा जानुभएको थियो । त्यस क्रममा आइतबार उहाँहरुका बीचमा वार्ता भएको बताइएको छ । त्यसक्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रुपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताउनुभएको समाचारमा जनाइएको छ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button