समाचार

चिनी उद्योगी उद्योग मन्त्रालयमा-GoodNews24

Gobal IME Bank

काठमाडौं  । उखु किसानहरुले एक बर्ष भईसक्दा पनि आफ्नो भुक्तानी नपाएको भन्दै माइतीघरमा आन्दोलन जारी छ । आन्दोलनको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई मन्त्रालय बोलाएको छ । ९० करोड भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बार्तामा बोलाएको छ ।

कुनै पनि हालतमा किसानको बाँकी बक्यौता चुक्ता उद्योगीलाई आग्रह गर्नु वार्ताको उद्देश्य भएको सहसचिव मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।

मन्त्रालयले आन्दोलनरत किसानहरुलाई पनि वार्तामा बोलाएको थियो । तर आन्दोलनरत किसानहरु बाँकी रहेको रकम लिएर माइतीघर सम्म नै आउनु पर्ने अडानमा छ ।

यस अघी पनि धेरै पल्ट बार्ता गरिसकेको र धेरै समय गरेको प्रतिज्ञा प्रती उद्योग संचालक सम्बेदनशील नभएको उनीहरु गुनासो छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button