समाचार

मण्डलामा “चोरको स्वर” -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २३ जेठ । लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथालाई ‘चोरको स्वर’ नामक नाटकबाट मञ्चन गरिएको छ । चोर स्वरले शुक्रबारदेखि थापागाउँस्थित मण्डला थिएटरमा राम्रो सुरुवात गरिरहेको छ । आर्टमान्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटकमा अनिल सुब्बा र अन्वेषण राई थुलुङको परिकल्पना तथा निर्देशन रहेको छ । नाटकमा अनिल सुब्बा, रुपेश लामा, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार कवि राई, सङ्गीता थापामगर, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास

बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायतका कलाकारको अभिनय रहेको छ । कुनै केटाले केटि भगाई सकेपछि केटा पक्षबाट “हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर, खुशी साथ राखेको छ” भनी केटा पक्षका भद्र भलाद्मीहरु विशेष रीत सहित जानकारी दिन आउने सांस्कृतिक
प्रचलनलाई “चोरको स्वर” भनिन्छ । माईती पक्षले रीत अर्थात चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रितिरिवाज अनुसार बिवाहको प्रसङ्ग अघि बढ्छ । लिम्बु समुदायलाई प्राथमिकतामा राखेर बनाइको रोचक कथाबस्तुमा कलाकारकोहरुको जीवन्त प्रस्तुतीले नाटकलाई झन रोचक बनाएको छ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button