गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

च्याउ ‘मसरुम’ को १२ फाईदाहरु…

Gobal IME Bank

काठमाडौं । च्याउ ढुसी वर्गमा पर्ने वनस्पती हो । वैज्ञानिक तथा विभिन्न रिसर्चरहरुको अनुसन्धानबाट पत्ता लागेको छ कि विश्वभरी हालसम्म दश हजार प्रकारको च्याउहरु पाइएका छन् । ति मध्ये दुई हजार प्रकारको च्याउ मात्र खान योग्य रहेको वैज्ञानिकहरुले बताएका छन् । च्याउ प्राय दैनिक रुपमा खाने चलन छैन यसकारण च्याउ खाईहालौ जस्तो धैरै व्यक्तिलाई लाग्दैन । धेरै मानिसहरु च्याउमा पाईने भिटामिनबारे सचेत छैनन् ।

विदेशी मुलुकमा भने च्याउ सलाद र पिज्जाको टपिङ रुपमा प्रयोग गरि खाने चलन रहेको छ । च्याउमा धेरै प्रकारको खनिज पदार्थ म्याग्नेसियम, सोडियम, पोटासियम र आइरन आदि पाइन्छ । यसमा भिटामिन सि, प्रोटिन ३ प्रतिशत, भिटामिन डी र द्यट र फाइबर इत्यादि भिटामिनहरु पाइन्छ । च्याउ दैनिक रुपमा खाँदा हाम्रो स्वास्थयको लागि अत्यन्तै फाइदाजनक हुन्छ । इजिप्सियनहरुले च्याउलाई ‘ Plant of immorality ’ भनेका छन् । दैनिक च्याउ खाँदा हाम्रो स्वास्थ्यको लागि के के फाइदा गर्छ पढ्नुहोस् :

१्) च्याउ सुक्ष्म पोषक तत्वको स्रोत हो
च्याउमा पर्याप्त मात्रामा सुक्ष्म पोषक तत्वहरु पाइन्छ । हाम्रो दैनिक आहारबाट प्राप्त नहुने वा छुटेको सुक्ष्म पोषक तत्वहरु च्याउमा पाइन्छ । खानामा दैनिक च्याउ समावेश गरि खाँदा हाम्रो शरीरलाई चाहिने पोषक तत्वहरु पुरामा प्राप्त हुन्छ ।

२) पेट राम्रो बनाउछ
हाम्रो आहारनली अर्थात पेट राम्रो र स्वस्थ हुनु महत्वपुर्ण कुरा हो । यदि पेट ठिक छैन भने हाम्रो पुरै स्वास्थ्यलाई असर गर्छ । च्याउमा पर्याप्त मात्रामा फाइबर र प्रि बायोटिक पाइन्छ जसले हाम्रो पेटलाई राम्रो अवस्थामा रहन मद्दत गर्छ । मधुमेहको बिरामिहरुको लागि पनि च्याउ खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । सिताके च्याउ मधुमेहको बिरामिले खाँदा फाइदाजनक हुन्छ ।

३) पाचन प्रणालिको लागि फाइदाजनक
च्याउमा भएको यौगिकहरुले पाचन प्रणालिलाई राम्रो बनाउने काम गर्छ । च्याउमा बेटा ग्लुकिन पाइन्छ जसले पाचन प्रणालिमा वृद्धि गर्नको लागि मद्दत गर्छ यसले सुगर लेबललाई कन्ट्रोल गर्न मद्दत गर्छ ।

४) भिटामिन डी
भिटामिन डी हाम्रो हड्डीको लागि महत्वपुर्ण भिटामिन हो । धेरै व्यक्तिलाई भिटामिन डी दैनिक खाने आहारबाट प्राप्त हुँदैन र सबै व्यक्तिहरु सँग व्यस्तताको कारण घाममा बस्ने समय पनि हुँदैन । च्याउमा पर्याप्त मात्रामा भिटामिन डी हुन्छ थोरै मात्रामा दैनिक खानामा च्याउ खाँदा हाम्रो शरीरलाई चाहिने भिटामिन डी ठिक्क मात्रामा पुग्छ । च्याउ किन्दा प्याकेटमा ग्ख्द्य लेबल चेक गर्दा राम्रो हुन्छ यि च्याउहरु घाममा उम्रेको हुन्छन् जसको कारण घामबाट मिल्ने भिटामिन डी यी च्याउले अवशोषित गरेको हुन्छन् त्यसकारण UVB लेबल धेरै भएको च्याउमा भिटामिन डी धेरै हुन्छ ।

५) इन्फ्लेमेसन सुजनको लागि फाइदाजनक
दैनिक रुपमा च्याउ खाँदा इन्फ्लेमेसन सँग लड्नको लागि मद्दत गर्छ । च्याउमा एन्टि इन्फ्लेमेटरी प्रपटि पाइन्छ यसमा सेलेनियम पनि पाइन्छ जसमा एन्टि अक्सिडेन्ट हुन्छ । यसमा बेटा ग्लुकिन पनि पाइन्छ जसले इन्फ्लेमेसनसँग लड्नको लागि फाइदाजनक हुन्छ । पाते च्याउ जसलाई ओइस्टर मसरुम इन्फ्लेमेसनको समस्याको लागि खाँदा राम्रो हुन्छ ।

६) डिप्रेसन हुने चान्सलाई घटाउछ
मानसिक स्वास्थ्य अहिले चर्चाको विषय हो र यसको उपचार कुनै पनि खानाबाट हुन सक्दैन तर केहि खानाले डिप्रेसन हुने रिस्कलाई कम गर्नको लागि मद्दत गर्छ । यसमा च्याउ पनि पर्छ । रिसर्चरहरुले बताएका छन् च्याउ हरेक दिन खाने व्यक्तिमा डिप्रेसन हुने रिस्क कम हुन्छ च्याउमा हुने मिनि बायोटिक यौगिकहरु यससँग सम्बधित छन् । च्याउमा भिटामिन B12 र एन्टिअक्सिडेन्ट धेरै मात्रामा हुन्छ ।

७) बुढ्यौलिपन कम गर्छ
दैनिक रुपमा च्याउ खाँदा बुढ्यौलिपन कम गर्छ । यसको मतलब बुढ्यौलिपनलाई रोक्ने काम गर्छ भन्ने चाहि होइन तर च्याउमा हुने एन्टि अक्सिडेन्टले स्ट्रेस फ्याक्टरलाई सुरक्षा गर्छ र हाम्रो शरीर खराब हुनबाट रोक्छ जसको कारण हामी उमेर भन्दा कान्छो देखिन्छौ । रिसर्चरहरुले पत्ता लगाएका छन् कि अर्गथाइयोनि र ग्लुटोथायोन एन्टिअक्सिडेन्ट यो इफेक्टको लागि जिम्मेवार छन् ।

८) मष्तिस्कको सुरक्षा गर्छ
उमेरको कारणले गर्दा मेन्टल कग्निटिभ डिक्लाइन हुँदै जान्छ । खानामा च्याउलाई समावेश गरि यो प्रक्रिया हामी रोक्न सक्छौँ । रिसर्चरहरुले बताएका छन् कि हप्तामा २ वा ३ पटक १०० ग्राम जति च्याउ खाँदा कग्निटिभ डिक्लाइनलाई घटाउन मद्दत गर्छ अर्गथायोन र ग्लुकोथायोन जस्ता एन्टिअक्डिेन्टले हाम्रो मष्तिस्कको सुरक्षा गर्छ र पार्किनसन र अलजाइमर जस्ता रोगबाट पनि बच्न मद्दत गर्छ ।

९) मुटुको स्वास्थको लागि फाइदाजनक
संसार भरि प्रायः हरेक व्यत्तिको नुन खाने बानी छ तर धेरै नुन हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ । धेरै नुन रक्तचाप र मुटुको स्वास्थ्यको लागि हानिकारक हुन्छ । नुनको सट्टा खानामा च्याउलाई समावेश गर्दा हाम्रो खाना मिठो हुनु साथै स्वस्थ पनि हुन्छ । १०० ग्राम च्याउ खानामा मिसाउदा मात्र ५ मिलिलिटर सोडियम हामीले खाईरहेको हुन्छौ । मासु खान छोड्ने बिचारमा हुनुहुन्छ भने खानामा च्याउलाई समावेश गर्दा फाइदाजनक हुन्छ ।

१०) निद्राको लागि फाइदाजनक
च्याउले निद्राको लागि पनि मद्दत गर्छ । राते च्याउ जसलाई राइसि मसरुम पनि भनिन्छ, यो च्याउ काल्मिङ मसरुमको रुपमा खाने चलन छ । यसले हाम्रो मष्तिस्कलाई शान्त गर्नको लागि मद्दत गर्छ र सुत्न हामीलाई मद्दत मिल्छ ।

११) मोटोपन घटाउन मद्दत गर्छ
च्याउमा दुइ प्रकारको डाइटरी फाइबर हुन्छ बेटा ग्लुकिन्ज र चिटिन यसले तृप्ति बढाउछ र भोकलाई कम गराउछ जसको कारण हाम्रो शरिरको मोटोपन घटाउन मद्दत गर्छ । यसमा भिटामिन बि पनि हुन्छ जसले खानालाई फ्युलमा परिणत गर्छ र प्रोटिन र फ्याटलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

१२) कोलेस्ट्रोल घटाउछ
सिताके मसरुम खाँदा कोलेस्ट्रोल कम हुन्छ । रिसर्चरहरुले पत्ता लगाएका छन् कि यो च्याउमा कोलेस्ट्रोल कम गर्ने यौगिकहरु हुन्छन् जसले हाम्रो शरीरमा उत्पादन हुने कोलेस्ट्रोललाई अवशोषण गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button