समाचार

ट्राफिक लाइट बेवास्ता गर्नेले पनि कक्षा लिनुपर्ने-GoodNews24

Gobal IME Bank

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।

कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत निरन्तरता दिने भएको छ । जसमा अब भर्च्युअल बिधीबाट कक्षा लिइने भएको छ ।
महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई भन्छन्, ‘लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागी हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेका छौं ।’

कोरोना भाईरसको जोखिमले लामो समय देखी बग्खिानामा लिदै आएको ट्राफिक सचेतना कक्षा बन्द भएको थियो ।

अब भने कक्षा अनलाइन मार्फत दिनु पर्ने ब्यवस्था गरिएको छ । त्यस्तै ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत कक्षा लिनु पर्ने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button