मनोरञ्जनमुख्य समाचारसमाचार

कसरी सुरु भयो कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड ? २०२३ को लागि इन्ट्री सुरु

Gobal IME Bank

काठमाडौं । कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड सन् २०१५ मा सुरु भएको थियो । यो वाइल्ड लाइफ फोटोग्राफि अवार्ड प्रतिस्पर्धामा सबै भन्दा धेरै हाँस उठ्दो र पपुलर प्राकृतिक प्राणीको फोटोलाई अवार्ड दिने गरिन्छ । यो स्वतन्त्र प्रतिस्पर्धा हो, जहाँ विश्वभरीको वाइल्ड लाइफ फोटोग्राफरहरुले आफुले खिचेको हाँस्यास्पद फोटो पठाएउने गर्छन् ।

कमेडी वाइल्ड लाइफ फोटोग्राफीको संस्थापक फोटोग्राफर पउल जोइन्सन हिक्सले इस्ट अफ्रिकामा बसेर वाइल्ड लाइफ फोटोग्राफीको काम गर्नुहुन्थ्यो त्यही समयमा जब उहाँले आफुले खिचेको जंगली प्राणीहरुको फोटो हेरिरहनु भएको थियो तब यी प्राणीहरुको फोटो हेरेर उहाँलाई निकै हाँस उठ्यो । तब पउललाई यी फोटोहरु हाँस्यास्पद र मानव जातिलाई सधैँ जीवन सँग खतरा महसुस गराउने जंगली जनावरहरुसँग संलग्न गराउने राम्रो माध्यम हो भन्ने कुरा महसुस भएको थियो ।

यी हाँस्यास्पद फोटोहरु प्रभावकारी हुन्छन् किनभने यी फोटोहरुलाई बुझ्न कुनै किसिमको अवरोध पैदा हुँदैन र यो मानव जातीको सहानुभुतिलई ट्रिगर गर्ने राम्रो माध्यम हो । यसरी हामीले जनावर र उनीहरुको समस्यालाई बुझ्ने यो राम्रो माध्यम हो । एकै ग्रहमा बस्ने प्राणी भएको कारण हामीले उनीहरु प्रति सहानुभुति देखाउनु महत्वपुर्ण कुरा हो किनभने मानव जाति पृथ्वी ग्रहको सर्वश्रेष्ठ प्राणी हो र हामी भन्दा कम बुद्धिमान प्राणीको रक्षा र सहानुभुति राख्नु हाम्रो दायित्व पनि हो ।

कमेडी वाइल्ड लाइफ फोटोग्राफी कम्पिटिसन् सन् २०१५ मा युएसएको उत्तरी तान्जानियामा पउलको अफिसबाट सुरु भएको थियो । केही समय पछि पउललाई सह संस्थापक र फोटोग्राफर टम सुलामले जोइन गर्नुभयो र त्यसपछि केही वर्ष पछाडी मिसेल वुडले यो प्रतिस्पर्धा जोइन गर्नु भएको थियो । यसरी केही वर्ष यो कम्पिटिसन्को वृद्घि र पपुल्यारिटि पनि बढ्दै गयो ।

सुन् २०२२ को कमेडी वाइल्ड लाइफ फोटोग्राफी कम्पिटिनमा ८५ वटा देशबाट ५,००० फोटोग्राफरहरुले एन्ट्रि गरेका थिए । यो प्रतिस्पर्धा‘ वाइटलि फन्ड फर नेचर ’ को साझेदारीमा भएको थियो । यो प्रतिस्पर्धाबाट १० प्रतिशत राजस्व ग्लोबल साउथको देशहरुको संरक्षण केन्द्रहरुलाई सपोर्ट गर्नको लागि दिइने गरिन्छ ।

सन् २०२२ को ‘ फनियस्ट वाइल्ड लाइफ फोटोग्राफी अफ द यर अवार्ड ’ सिंहको बच्चाले रुखबाट झर्ने क्रममा आफ्नो पकड गुमाइरहेको फोटोले पाएको छ । यो फोटोको क्यापसन् ‘ नट सो क्याट लाइक रिफ्लेक्सेस ’ भनेर राखिएको थियो । यो फोटो फोटोग्राफर जेनिफर ह्याडलीले खिच्नु भएको थियो र सिंहको बच्चा रुखबाट सुरक्षित रुपमा झरेर आफ्नो दाजुभाई सँगै बिस्तारै दगुर्दै गएको कुरा पनि उहाँले बताउनु भएको थियो ।

वाइल्ड लाइफ फोटोग्राफी अवार्ड निकै पुपुलर प्रतिस्पर्धा भएको आयोजकहरुले बताएका छन् र पपुल्यारिटिको कारण पनि प्रतियोगितामा थप ५ क्याटेगोरीर र १० वटा निकै प्रशंसा गरिएको फोटोलाई पनि संलग्न गर्न थालिएको छ । जेनिफर ह्याडलीले ‘एफिनटि फोटो टु पिपल्ज चोइज अवार्ड ’ को पनि विजेता हुनु भएको छ । यो फोटो उहाँले फिल्कल्याण्डको टापुमा खिच्नुभएको थियो यो फोटोमा दुई पेंगुइनहरु छन् र फोटोको क्यापसन् ‘ टल्क टु द फिन ’ राखिएको छ ।

धेरै प्रशंसा गरिएको फोटो को विजेता फोटोग्राफर माइकल इस्टवेले खिचेको कंगारुहरुको फोटो जसको क्यापसन ‘ इट्स अल किकिङ अफ ’ राखिएको छ र एम्मानुएल डु लिन स्यान को फोटो जसमा मिरक्याट्सहरु एक अर्का सँग खेलिरहेको छन् फोटोको क्यापसन् ‘ आइ एम गोइङ टु स्ट्राङ्खल यु ’ राखिएको छ ।

फोटोग्राफर सोकनले खिचेको ‘ टाइट फिट ’ क्यापसन राखिएको गुडमा बसिरहेको लाटोकोसेरोहरुको फोटो पनि धेरै प्रशंसा गरिएको फोटोको विजेता भएको थियो ।

एयर अवार्डको विजेता जिन ज्याकस एलकले को फोटो भएको थियो । यो फोटोमा हाइ गरिरहेको सिगलको अगाडी अर्को सिगलको ढाडमा बसिरहेको बकुला छ जसको क्यापसन् ‘ मिसलिडिङ अफ्रिकन भिउपोइन्ट टु ’ राखिएको छ ।
जुनियर अवार्डको विजेता फोटोग्राफर अर्शदीप सिंहले खिचेको लाटोकोसेरोको फोटो भएको थियो जसको क्यापसन ‘ आई सि यु बोइ ’ राखिएको छ ।

‘द कमेडी वाइल्ड लाइफ अवार्ड कम्पिटिसन ’ फ्रि अनलाइन कम्पिटिसन हो यसमा जो कोहीले पनि भाग लिन सक्छ । प्रतिस्पर्धामा भाग लिनको लागि यो प्रतियोगिताको आधिकारीक वेभ साइटमा गएर इन्ट्री गर्न सकिन्छ । २०२३ को प्रतिस्पर्धाको इन्ट्री सुरु भइसकेको छ । प्रतिस्पर्धाको लागि इन्ट्री गर्ने डेड लाइन २०२३ को अगष्टको २७ गते सम्म रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button