समाचार

कांग्रेसको शर्त अर्को ५ बर्षको आफ्नै सरकार – Good News 24

Gobal IME Bank

साउन ३ साउन, काठमाडौं । स्थानीय चुनावमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा कांग्रेस साकारात्मक देखिएको छ । कांग्रेसले ‘स्थिर सरकार’का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर अर्को ५ बर्ष आफ्नै सरकारले नेतृत्व गर्ने शर्त अगी सारेको छ । चुनावपछि अरु दलसँग सत्ता गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त छ ।
सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेल सन्तोषजनक भएको निष्कर्ष निकालेको थियो भने अबका दिनमा पनि गठबन्धन यसरी नै अगी बढ्ने पनि निर्णय गरिएको छ ।
‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ । तर चुनावी तालमेल गर्दा ५ वर्ष स्थिर सरकारको सुनिश्चितता हुनुपर्ने कांगेसको शर्त छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button