अन्यसमाचार

कोरोना भाइरसको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र -GoodNews24

Gobal IME Bank

उहान । मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ ।
उहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ बताउनु भएको छ ।

यी स्वास्थ्य केन्द्रहरुले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पुर्याउने बताइएको छ ।
जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाहरूको अभावले महामारीबिरुद्व लड्ने प्रयासहरुको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने बताइएको छ ।
अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने पनि गरिएको छ । दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाइने बताइएको छ ।

हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण १ हजार २२० नयाँ सङ्क्रमित भएका र बिहीबार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुकाअनुसार बिहीबार अबेर रातीसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”4172″] [irp posts=”4154″] [irp posts=”4104″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button